default_image

3 years ago

August 26, 2021

च्याम्पियन्स लिगको ‘ड्र’ आज

एजेन्सी – यस सिजन (२०२१–२२) को युइएफए च्याम्पियन्स लिगको समूह विभाजन र खेल तालिका आज (बिहीबार) सार्वजनिक हुदैछ । बुधबार राति प्ले अफबाट साख्तर डोनेक्स, रेडबुल साल्जवर्ग र सेरिफ टिरासपोलले च्याम्पियन्स लिगमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको छ । च्याम्पियन्स लिग युरोपियन फुटबल क्यालेन्डरमा सबैभन्दा चर्चित लिग हो । च्याम्पियन्स लिगको ‘ड्र’ टर्कीको […]

42 views

0 Bookmark

एजेन्सी – यस सिजन (२०२१–२२) को युइएफए च्याम्पियन्स लिगको समूह विभाजन र खेल तालिका आज (बिहीबार) सार्वजनिक हुदैछ । बुधबार राति प्ले अफबाट साख्तर डोनेक्स, रेडबुल साल्जवर्ग र सेरिफ टिरासपोलले च्याम्पियन्स लिगमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको छ ।

च्याम्पियन्स लिग युरोपियन फुटबल क्यालेन्डरमा सबैभन्दा चर्चित लिग हो । च्याम्पियन्स लिगको ‘ड्र’ टर्कीको इस्तानबुलमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा चार टोली रहनेछन् । शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् ।

एकै समूहमा एकै राष्ट्रका दुई क्लबलाई राखिनेछैन । समूह चरणको खेल १४ र १५ सेप्टेम्बरमा हुनेछ । त्यसपछि २८ र २९ सेप्टेम्बरमा हुनेछ । अक्टुबर १९ र २० म तेस्रो राउन्डको खेल हुनेछ । चौथो राउन्डको खेल नोभेम्बर २ र ३ मा हुनेछ । पाँचौ राउन्डको खेल २३ र २४ नोभेम्बरमा तथा छैटौ राउन्डको खेल ७ र ८ डिसेम्बरमा हुनेछ ।

पोट १ – चेल्सी, भिल्लारियल, एट्लेटिको म्याड्रिड, युभेन्ट्स, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, इन्टर मिलान, लिल र स्पोर्टिङ सिपी

पोट २ – रियल म्याड्रिड, बार्सिलोना, युभेन्ट्स, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन (पीएसजी), लिभरपुल, सेभिया र बोरुसिया डर्टमुन्ड

पोट ३ – पोर्टाे, आयाक्स, साख्तर डोनेस्क, आरबी लाइप्जिग, आरबी साल्जवर्ग, बेन्फिका, एटलान्टा र जेनिथ सेन्ट पिटर्सवर्ग

पोट ४ – बेसिक्टार, डाइनामो किएभ, क्लब ब्रुग, योङ ब्वाइज, एसी मिलान, माल्मो, वल्फ्सवर्ग र सेरिफ टिरासपोल

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.