default_image

3 years ago

August 26, 2021

रियल म्याड्रिडको पाँच ठुला ट्रान्सफर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड खेलाडी अनुबन्धमा मोटो रकम खर्चन हिच्किचाउँदैन । आफुलाई मन परेको खेलाडीको लागि रियल मोटो रकम खर्चन तयार हुन्छ । तर पछिल्लो समय कोरोना महामारीपछि क्लबमा आर्थिक मन्दी छाएपछि रियलले सोचेजस्तो खर्च गर्न सकेको छैन । यसपटक रियलले मोटो रकममा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धको दौडमा छ । रियलले […]

56 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड खेलाडी अनुबन्धमा मोटो रकम खर्चन हिच्किचाउँदैन । आफुलाई मन परेको खेलाडीको लागि रियल मोटो रकम खर्चन तयार हुन्छ ।

तर पछिल्लो समय कोरोना महामारीपछि क्लबमा आर्थिक मन्दी छाएपछि रियलले सोचेजस्तो खर्च गर्न सकेको छैन । यसपटक रियलले मोटो रकममा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धको दौडमा छ । रियलले १६० मिलियन युरोको प्रस्ताव राखेपनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले त्यसलाई नकारेको गरेको छ ।

पीएसजीले २२२ मिलियन युरोको माग गरेको छ । पीएसजीले माग गरेकै रकम दिन सके एमबाप्पे विश्वकै सर्वाधिक महँगा खेलाडी बन्नेछन् । हालसम्म ब्राजिलका नेयमार २२२ मिलियन युरोमै क्याटलान क्लब बार्सिलोनाबाट पीएसजी पुगेका थिए । यस्तो अवस्थामा एमबाप्पे रियलको इतिहासकै सबैभन्दा महँगा खेलाडी बन्नेछन् । रियलले मोटो रकम खर्चेका पाँच खेलाडी यस्ता छन् ।

५. हामेस रोड्रिग्वेज

ब्राजिल विश्वकप २०१४ मा अद्भुत प्रदर्शन गरेपछि कोलम्वियन हामेस रोड्रिडग्वेज रियलको नजरमा पर्दा क्लबले उनलाई ७६ मिलियन युरो खर्चेको थियो । तर रियल आएपछि उनले आशातित प्रदर्शन गर्न सकेनन् । पहिलो रोजाईमा नियमित खेल्ने अवसर विरलै पाए ।

४. जिनेदिन जिदान

रियलले सन् २००१ मा फ्रान्सेली फरवाडै जिनेदिन जिदानलाई ७९ मिलियन युरोमा युभेन्ट्सबाट आबद्ध गर्न सफल भएको थियो । उनको आगमनसँगै रियलले च्याम्पियन्स लिग जित्न सफल भएको थियो । सोही वर्ष उनी प्लेयर अफ दि सिजन भएका थिए । उनले रियलबाट प्रशिक्षकको रुपमा पनि तीन च्याम्पियन्स लिग जित्न सफल भए ।

३. क्रिस्टियानो रोनाल्डो

सन् २००९ मा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले विश्व फुटबलमा राम्रो छाप छाड्ने संकेत गरेका रोनाल्डोको लागि ९५ मिलियन पाउन्ड खर्चेको थियो । जतिबेला रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा उच्च प्रदर्शन गरेको थियो । जुन रियलको क्लब इतिहासकै सबैभन्दा महँगो ट्रान्सफर बनेको थियो ।

. ग्यारेथ बेल

वेल्सका ग्यारेथ बेल त्यतिबेला सन् २०१३ को विश्व कीर्तिमानी मुल्य १०१ मिलियन युरोमा इंग्लिस क्लब टोटेनहम हटस्परबाट रियल आएका थिए । उनको प्रभाव रियलमा प्रत्यक्ष देखिएको थियो । बेन्जेमाको आगमनसँगै रियलमा (बीबीसी) बेल, बेन्जेमा र रोनाल्डोको आक्रमणको ट्रिओ स्थापित भएको थियो । पछिल्लो समय बेलले रियलमा पहिलो रोजाईमा पर्न संघर्ष गरिरहेका छन् ।

१. इडेन हाजार्ड

बेल्जियन इडेन हाजार्डलाई रियलले लामो समयको प्रयासपछि क्लबमा अनुबन्ध गर्न सफल भएको थियो । चेल्सीमा उत्कृष्ट सिजन बिताइरहेका हाजार्ड सन् २०१९ मा ११६ मिलियन युरोमा रियलमा अनुबन्ध भएका थिए । तर, लगातारको चोटका कारण हाजार्डले रियलमा सोचेअनुरुपको प्रदर्शन गर्न सकेका छैनन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.