default_image

3 years ago

August 26, 2021

नेपाल र भारत मैत्रीपूर्ण खेल –प्रसारण अधिकार एडप्याडलाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच अर्को साता हुने दुई मैत्रीपूर्ण खेललाई हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसार गर्ने भएको छ । नेपाल र भारतबीच भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधर र […]

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच अर्को साता हुने दुई मैत्रीपूर्ण खेललाई हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसार गर्ने भएको छ ।

नेपाल र भारतबीच भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले बिहीबार एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरे ।

एन्फाले २५ लाख १० हजार रुपैयाँमा एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको जानकारी दिएका छन् । एडप्याडले भारतबाहेक विश्वभरको प्रसारण अधिकार प्राप्त गरेको हो । दुवै मैत्रीपूर्ण खेल दर्शक विना गर्ने एन्फाले जानकारी दिएको छ । असोजमा माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । नेपाल र भारत दुवैले असोज १५ गते सुरु हुने साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.