4 years ago
August 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच विवादलाई सुल्झाउन राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गठन गरको छानविन समितिले बुधबार राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन पेश गर्यो । छानविनको बयान लिएको झन्डै २ सातापछि समितिले प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा समितिले राखेपमार्फत एन्फालाई ११ बुंदामा विभिन्न निर्देशन दिन सुझाव दिएको छ । तर उक्त प्रतिवेदनको सुझाव सार्वजनिक भएपछि प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा असन्तुष्टी पोखेका थिए । अलमुताइरीले ‘म निस्किएँ, राजनीतिले काम गरोस्’ लेख्दै प्रतिवेदनको सुझावप्रति आफ्नो असन्तुष्टी जनाएका हुन् ।
प्रशिक्षक अलमुताइरीले यसअघि एन्फालाई छानविनको माग गर्दै लेखेको निवेदनमा दुई व्यक्तिले आफू संचारकर्मी भएको दावी गर्दै अवान्छनीय ढंगले दु:ख दिएको बताएका थिए । उनले राखेपको छानविन समितिसमक्ष बयान दिने क्रममा पनि सोहि निवेदनमा थप प्रष्ट पार्ने तथा अन्य विभिन्न पक्षमा आफ्नो धारणा राखेका थिए। अलमुताइरीले बयानका क्रममा दिएको पत्र र त्यहाँ दिएको अभिव्यक्तिको सारांश हाम्रो खेलकुदलाई स्रोतबाट प्राप्त भएको छ ।
अलमुताइरीले बयानका क्रममा दिएको विषयवस्तुमा एन्फा प्रशासनबाट आफूलाई सधैं राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा साथ र सहयोग रहेको बताएका छन् । उनले फुटबल विकासका लागि प्रशासनको भूमिका महत्त्वपूर्ण रहेको र त्यसमा एन्फाले सधैं विकासको लक्ष्य बोकेर नै अघि बढेको पनि उल्लेख गरेका छन् ।

उनले साउन ७ गते आफूविरुद्ध धुमपान गरेको विषयलाई लिएर भएको घटना व्यक्तिगत रुपमा उनको इज्जतमा आँच पुर्याउन गरिएको कदम रहेको जनाएका छन् । उनले नेपालको कानुनअनुसार एन्फा परिसरबाहिर धुमपान गर्नु गैरकानुनी नरहेको जानकारी आफूले पाएको पनि उल्लेख गरेका छन् । उनले दुई व्यक्तिले आफूलाई संचारकर्मी भएको बताउँदै व्यक्तिगत स्वतन्त्रता हनन गर्दै आक्रमण गरेको समेत बताएका छन् । दुई व्यक्तिले वेबसाइटमा आफूविरुद्ध लेखेको लेखमा पनि उनले आपत्ति जनाएका छन् ।
अलमुताइरीले बयानका क्रममा उक्त घटनापछि भने दुई व्यक्तिले आफूलाई सम्पर्क गर्दै घटनाका विषयमा सहमतिमा आउन प्रयास गरेको पनि बताएका छन् । यसले पनि दुई व्यक्तिले जानाजान आफूविरुद्ध उक्त घटना घटाएको आरोप अलमुताइरीले लगाएका छन् ।
अलमुताइरीले घटनामा संलग्न दुई व्यक्ति र एन्फाका केहि पदाधिकारीबीच सम्बन्ध रहेको दाबी गर्दै लेखेका छन् । यी सबै मिलेर नेपाली फुटबल विकासमा आफ्नो प्रयासमा बाधा ल्याउने र उनको इज्जत गिराउने प्रयास गरेको अलमुताइरीको बुझाइ छ । उनले सोहि मिडियाले एन्फा वरिष्ठ उपाध्यक्षको अन्तर्वाता लिनु र त्यसै मिडियाले मात्र पूर्व प्रवक्तालाई उदृत गर्दै अलमुताइरीलाई प्रतिबन्ध गरिएको समाचार लेख्नुले शंका गर्ने ठाउँ रहेको बताए ।
अलमुताइरीले आफूलाई राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा काम गर्न सुरक्षा महसुस नगरेको पनि जनाएका छन् । उनले नेपाली फुटबलले आफूसंग आशा राखीरहँदा र आफूले काम गर्ने सुरक्षित वातावरण नपाउँदा नतिजा दिन कसरी सकिन्छ भन्ने प्रश्न पनि गरेका छन् । उनले आफूले कहिले पनि एन्फाको राजनीति वा शक्ति संघर्षमा आफ्नो भूमिका नरहेको स्पष्ट पार्ने प्रयास गरेका छन् । अलमुताइरीले आफूविरुद्ध राजनीतिक रुपमा जोडिएको भन्ने आरोप यस घटनालाई मोड्नका लागि प्रयोग गरिएको बताएका छन् ।
उनले दुई व्यक्तिले आफूलाई संचारकर्मी बताइरहँदा नेपालको प्रेस काउन्सिलमा दावी गरिएको कुनै संचार माध्यम दर्ता नभएकोले ती व्यक्तिको कदम नै गैरकानुनी रहेको भन्दै प्रतिप्रश्न गरेका छन् । अलमुताइरीले त्यसै वेबसाइटमा लेखिएको फरक फरक लेखमा उक्त दिनको घटनालाई फरक रुपमा प्रस्तुत गर्नुले पनि ती व्यक्तिको बदनियत प्रष्ट रहेको बताएका छन् । उनले आफ्नो इज्जतमा आँच पुर्याउन नै घटनालाई मोडिएको भन्दै दुई उदाहरण समेत प्रस्तुत गरेका छन् ।

अलमुताइरीले वेबसाइटमा जनाएअनुसार दुई व्यक्ति भ्रष्टाचार सम्बन्धि रिपोर्ट बनाउन आएकोमा एक्कासी प्रशिक्षक बाहिर धुमपान गरेको खिच्न आउनुमा उनलाई फसाउने नियत रहेको पनि लेखेका छन् । उनले आफू एन्फा परिसर बाहिर आएको आफैं कानुनी रुपमा गलत नहुँदा पनि फसाउन विभिन्न बहाना बनाइएको लेखेका छन् ।
यसबाहेक अलमुताइरीले घटना भएको दिन आफू प्रशिक्षकको भूमिकामा नरहेको पनि बताएका छन् । उनले त्यस दिन मैत्रीपूर्ण खेलमा टोलीका दुई खेलाडीलाई प्रशिक्षक बनाएर आफू बाहिर रहेको प्रष्ट पारेका छन् ।
सँगसँगै अलमुताइरीले घटना हुनुभन्दा ४ दिनअघि संलग्न दुई व्यक्तिमध्य एक जनाले आफूविरुद्ध व्यक्तिगत फेसबुकमा आफ्नो आलोचना र अपमान गर्दै स्ट्याटस लेखेको पनि प्रमाण पेश गरेका छन् । उनले उक्त लेखको ४ दिनपछि सोहि व्यक्तिबाट यस किसिमको घटना हुनुलाई संयोग मान्न सकिन्छ र भन्ने प्रश्न पनि गरेका छन् । उनले आफूविरुद्ध लेखेका उक्त लेखले पनि ति व्यक्तिले खराब मनासय बनाएको प्रष्ट हुने अलमुताइरीले जनाएका छन् ।
अलमुताइरीले अन्त्यमा आफूलाई यस्तो वातावरणमा काम गर्नबाट एन्फाकै पदाधिकारीबाट सुरक्षा नभएको पनि बताएका छन् । एन्फाकै वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षले सार्वजनिक रुपमा नै सामाजिक संजालमा आफू विरुद्ध भएको घटनामा विपक्षीको साथ दिँदै प्रतिक्रिया दिँदा थप असुरक्षित महसुस गरेको बताएका छन् । उनले अक्टोबरमा हुने साफ च्याम्पियनसिप अघि यस्तो कति घटनाको सामना गर्नुपर्ने हो वा व्यक्तिगत सुरक्षाको प्रत्याभूति हुन सक्ने वा नसक्नेबारे पनि प्रश्न उठाएका छन् ।
यस्तो थियो अलमुताइरीले एन्फालाई दिएको निवेदन :


December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]