default_image

3 years ago

August 26, 2021

साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपका लागि अन्तिम तयारी कतारको दोहामा गर्ने भएको छ । असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टोली भदौ २५ गते कतार जाने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । त्यहाँबाट टोली असोज ११ गते माल्दिभ्स जानेछ । आयोजक समेत रहेको […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपका लागि अन्तिम तयारी कतारको दोहामा गर्ने भएको छ । असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टोली भदौ २५ गते कतार जाने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

त्यहाँबाट टोली असोज ११ गते माल्दिभ्स जानेछ । आयोजक समेत रहेको साविक विजेतासँग असोज १५ गते खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । अहिले टोलीमा रहेका २५ खेलाडीनै कतार जाने बताइएको छ ।

अर्को साता भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलको तयारीका सिलसिलामा टोली पोखरामा रहेको छ । नेपाल र भारतबीच दशरथ रंगशालामा भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ । भारत पनि साफ च्याम्पियनसिपको तयारीकै क्रममा मैत्रीपूर्ण खेलका लागि नेपाल आउन लागेको हो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.