default_image

3 years ago

August 26, 2021

मिडफिल्डर विशालले मच्छिन्द्रमा सम्झौता थपे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर विशाल राईले लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग सम्झौता नवीकरण गरेका छन् । मच्छिन्द्रले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत विशालले नयाँ सिजनको लागि क्लबसँग सम्झौता नवीकरण गरेको जनाएको छ । मच्छिन्द्रले क्लब इतिहासमै पहिलोपटक शीर्ष डिभिजनको लिग जित्दा मिडफिल्डमा विशालले आफ्नो प्रभाव जमाएका थिए । मच्छिन्द […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर विशाल राईले लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।

मच्छिन्द्रले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत विशालले नयाँ सिजनको लागि क्लबसँग सम्झौता नवीकरण गरेको जनाएको छ । मच्छिन्द्रले क्लब इतिहासमै पहिलोपटक शीर्ष डिभिजनको लिग जित्दा मिडफिल्डमा विशालले आफ्नो प्रभाव जमाएका थिए ।

मच्छिन्द क्लब इतिहासमै पहिलोपटक लिग च्याम्पियन बन्दा विशाल उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए । उनले गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीबाट खेलेका थिए । विशाल मार्की खेलाडी समेत रहेको धनगढी एनएसएलको उपविजेता बनेको थियो ।

नयाँ सिजनको ‘ए’ डिभिजन लिग २९ कात्तिकदेखि हुने तालिका छ । राष्ट्रिय लिगको मिति तय हुन सकेको छैन ।

मच्छिन्द्रले नयाँ सिजनको लागि डिफेन्डर रञ्जित धिमाल, देवेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, फरवार्ड रेजिन सुब्बा र अभिषेक रिजाल र मिडफिल्डर सुजल श्रेष्ठसँगको सम्झौता नवीकरण गरिसकेको छ । नयाँ खेलाडीको रुपमा युवा स्टार मनिष डाँगीलाई भित्र्याएको छ । सुनिल बल, छिरिङ गुरुङ र गौरव बुढाथोकीलगायतका खेलाडीलाई मच्छिन्द्रले अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।

यसअघि मच्छिन्द्रमा रहेका दीपक राई र एडेलाजा सोमिडे भने मनाङ फर्किएका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.