default_image

3 years ago

August 26, 2021

पिएसजी र म्यानचेस्टर सिटी एकै समूहमा

एजेन्सी – अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा युरोपेली फुटबलका दुई ठूला टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटी एकै समुहमा पर्ने भएका छन् । च्याम्पियन्स लिगको विहीबार सम्पन्न समूह चरणको ड्रमा फ्रान्सेली टोली पिएसजी र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी एकै समूहमा परेका हुन् । त्यस्तै साविक विजेता चेल्सीले इटालियन क्लब युभेन्टसको सामना […]

104 views

0 Bookmark

एजेन्सी – अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा युरोपेली फुटबलका दुई ठूला टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटी एकै समुहमा पर्ने भएका छन् ।

च्याम्पियन्स लिगको विहीबार सम्पन्न समूह चरणको ड्रमा फ्रान्सेली टोली पिएसजी र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी एकै समूहमा परेका हुन् । त्यस्तै साविक विजेता चेल्सीले इटालियन क्लब युभेन्टसको सामना गर्नेछ । जर्मन च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनाको सामना गर्नेछ ।

समूह ए : म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, लाइप्जिग, क्लब ब्रुग

समूह बी : एटलेटिको म्याड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान

समूह सी : स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमुन्ड, आयाक्स, बेसिक्टास

समूह डी : इन्टर मिलान, रियल म्याड्रिड, शाख्तर डोनेस्क, शेरिफ

समूह ई : बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डिनामो किएभ

समूह एफ : भिल्लारियल, म्यानचेस्टर युनाइटेड, एटलान्टा, योङ ब्वाइज

समूह जी : लिल, सेभिया, साल्ज्बर्ग, वल्फ्सबर्ग

समूह एच : चेल्सी, युभेन्टस, जेनिट, माल्मो

युरोपका लिगहरुबाट लिग विजेतालाई पट १ र अन्य क्लबलाई क्रमश: क्लब वरीयताको आधारमा ३ पटमा विभाजन गरिएको थियो । प्रत्यक समूहमा हरेक पटबाट १-१ टोलीले स्थान बनाउने प्रावधान रहेको छ ।

पट १ : चेल्सी, भिल्लारियल, एटलेटिको म्याड्रिड, म्यानचेस्टर सिटी, इन्टर मिलान, बायर्न म्युनिख, लिल, स्पोर्टिङ लिस्बन

पट २ : रियल म्याड्रिड, बार्सिलोना, युभेन्टस, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन, लिभरपुल, सेभिया, बोरुसिया डर्टमुन्ड

पट ३ : पोर्टो, आयाक्स, शाख्तर डोनेस्क, लाइप्जिग, साल्ज्बर्ग, बेन्फिका, एटलान्टा, जेनिट

पट ४ : बेसिक्टास, डिनामो किएभ, क्लब ब्रुग, योङ ब्वाइज, एसी मिलान, माल्मो, वल्फ्सबर्ग, शेरिफ

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.