default_image

3 years ago

August 27, 2021

जर्गिन्हो युइएफए वर्ष खेलाडी

एजेन्सी – इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । टर्कीको इस्तानवुलमा बिहीबार राति भएको अवार्ड समारोहमा जर्गिन्होले बेल्जियन तथा म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन र आफ्नै सहकर्मी फ्रान्सेली एङ्गोलो कान्टेलाई पछि पार्दै यो अवार्ड जिन्त सफल भएका हुन् । युइएफएले २०२०–२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक […]

70 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । टर्कीको इस्तानवुलमा बिहीबार राति भएको अवार्ड समारोहमा जर्गिन्होले बेल्जियन तथा म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन र आफ्नै सहकर्मी फ्रान्सेली एङ्गोलो कान्टेलाई पछि पार्दै यो अवार्ड जिन्त सफल भएका हुन् ।

युइएफएले २०२०–२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक गर्दा पहिलोपटक तीन जना नै मिडफिल्डर पर्न सफल भएको हो । यो अवार्डको लागि युईएफएले एक सिजन भर खेलाडीले गरेको प्रदर्शनलाई मापन गर्दै छनोट गर्ने गर्दछ ।

जसमा युरोकपको २४ राष्ट्रका प्रशिक्षक, गत सिजनको च्याम्पियन्स लिगका ३२ र युरोपा लिगको ४८ गरी ८० प्रशिक्षक, युरोपियन स्पोर्ट्स मिडिया (इएसएम) का ५५ जना खेल पत्रकारको मतबाट खेलाडी छनोट गर्ने गरिन्छ । एकै क्लब तथा राष्ट्रका प्रशिक्षकले आफ्नै खेलाडीलाई मत दिन पाइनेछैन । जर्गिन्होले १७५ मत पाए । केभिन डि ब्रुएनले १६७ तथा कान्टेले १६० मत पाए ।

अवार्ड जितेपछि २९ वर्षीय जर्गिन्होले भिडियो सन्देशमार्फत यो महत्वपुर्ण समयमा उपस्थित हुन नपाउँदा धेरै दुखी रहेपनि अवार्डबाट धेरै खुशी रहेको बताएका छन् । ‘नमस्ते सबैलाई, म धेरै दुखी छु, यो महत्वपुर्ण क्षणमा प्रतिबन्धका कारण म त्यहाँ पुग्न सकिन । तर म धेरै खुशी छु ।’ जर्गिन्होले भिडियो सन्देशमा भने, ‘म भन्न चहान्छु कि सबैलाई धन्यवाद दिन चहान्छु, मलाई अवार्ड जित्नसम्म योगदान दिनुभयो । यो पथमा सहयोग गर्ने सबै जना, मेरो परिवार, मेरो साथीहरु, सर्मथक, मेरो टिमका सहयात्री र प्रशिक्षकलाई हृदयदेखि नै धन्यवाद ।’

इटालीका जर्गिन्हो एकै वर्षमा च्याम्पियन्स लिग र युरोपेली च्याम्पियनसिप जित्ने १०औं खेलाडी बनेका । उनले चेल्सीबाट च्याम्पियन्स लिग, युइएफए सुपर कप तथा इटालीबाट युरोकप जित्न सफल भएका थिए ।

अवार्डमा चेल्सीको वर्चस्व रहँदा प्रशिक्षक थोमस टुचेल, गोलरक्षक इडुआर्ड मेन्डी र मिडफिल्डर एङ्गोलो कान्टेले अवार्ड जित्न सफल भए । बोरुसिया डर्टमुन्डका नर्वेजियन फरवार्ड एर्लिङ ब्राउट हालान्डले उत्कृष्ट फरवार्डको अवार्ड जिते ।

युइएफए अवार्ड
युइएफए वर्ष खेलाडी – जर्गिन्हो (चेल्सी/इटाली)
वर्ष प्रशिक्षक – थोमस टुचेल (चेल्सी)
पुरुष गोलरक्षक – इडुआर्ड मेन्डी (चेल्सी/सेनेगल)
पुरुष डिफेन्डर – रुवेन डियास (म्यानचेस्टर सिटी/पोर्चुगल
पुरुष मिडफिल्डर – एङ्गोलो कान्टे (चेल्सी/फ्रान्स)
पुरुष फरवार्ड – एर्लिङ ब्राउट हालान्ड (डर्टमुन्ड/नर्वे)
महिला वर्ष खेलाडी – एलेक्सिया पुटेलास (बार्सिलोना/स्पेन)
महिला प्रशिक्षक – लुइस कोर्टलेस (बार्सिलोना)
महिला गोलरक्षक – सान्द्रा पानोस (बार्सिलोना/स्पेन)
महिला डिफेन्डर – इरेने पारेडेस (बार्सिलोना/स्पेन)
महिला मिडफिल्डर – एलेक्सिया पुटेलास (बार्सिलोना/स्पेन)
महिला फरवार्ड – जेनिफेर हर्माेसो(बार्सिलोना/स्पेन)

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

March 27, 2024

क्रुस चम्कँदा जर्मनीले नेदरल्यान्ड्सलाई हरायो

एजेन्सी – तीन वर्षपछि राष्ट्रिय टोलीका फर्किएका मिडफिल्डर टोनी क्रुसको उच्च प्रदर्शनमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ । जर्मनीले १–० ले पछि परेको स्थितिमा नेदरल्यान्ड्समाथि २–१ को पूनरागमन जित निकालेको हो । फ्रान्कफुर्ट जर्मनीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा म्याक्सिमिलियन मिटलस्टेड र निकलस फुल्करगले गोल गरे । नेदरल्यान्ड्सका जोए भिरमानको […]

Success

Thank you for your time.