default_image

3 years ago

August 27, 2021

ब्राजिली फरवार्ड एट्लेटिको म्याड्रिडमा

एजेन्सी – गत सिजनको स्पेनिस ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडले ब्राजिली फरवार्ड म्याथिअस कुन्हालाई क्लबमा अनुबन्ध गर्न सफल भएको छ । एट्लेटिकोले २२ वर्षीय युवा फरवार्डलाई जर्मन बुन्डेसलिगा क्लब हर्था बर्लिनबाट ५ वर्षको लागि २६ मिलियन युरोमा क्लबमा आबद्ध गर्न सफल भएको हो । इटालियन क्लब फियोरेन्टिनाका डुसान भ्लाहोभिकलाई अनुबन्ध गर्ने प्रयास गरेपनि सहमति जुट्न […]

26 views

0 Bookmark

एजेन्सी – गत सिजनको स्पेनिस ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडले ब्राजिली फरवार्ड म्याथिअस कुन्हालाई क्लबमा अनुबन्ध गर्न सफल भएको छ ।

एट्लेटिकोले २२ वर्षीय युवा फरवार्डलाई जर्मन बुन्डेसलिगा क्लब हर्था बर्लिनबाट ५ वर्षको लागि २६ मिलियन युरोमा क्लबमा आबद्ध गर्न सफल भएको हो ।

इटालियन क्लब फियोरेन्टिनाका डुसान भ्लाहोभिकलाई अनुबन्ध गर्ने प्रयास गरेपनि सहमति जुट्न नसक्दा एट्लेटिकोले कुन्हालाई आबद्ध गरेको हो । कुन्हाले पहिलो रोजाईमा पर्न लुइस सुआरेजसँगै एन्जल कोरेआ र जोआओ फेलिक्ससँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

कुन्हा १८ वर्षको उमेरमा स्वीस क्लब सिओनमा आबद्ध भएका थिए । त्यसपछि उनी १५ मिलियन युरोमा जर्मन क्लब आरबी लाइप्जिगमा पुगेका थिए । करिब १८ महिना लाइप्जिग बसाईपछि उनी हर्था बर्लिन पुगेका थिए ।

कुन्हा शानदार गोलकर्ता नरहेपनि उनी असिस्ट दिन माहिर छन् । लाइप्जिगमा विरलै अवसर पाएका कुन्हाले हर्था आएको पहिलो सिजन नै ११ खेलमा ५ गोल गरेका थिए । गत सिजन उनले २८ खेलमा ८ गोल गर्नुका साथै ५ असिस्ट दिएका थिए ।

कुन्हा यसै महिना (अगस्ट) मा सम्पन्न भएको टोकियो ओलम्पिक २०२० मा पुरुष फुटबलमा ब्राजिलले स्वर्ण जित्दा टोलीमा सदस्य थिए । उनले ५ खेलमा ३ गोल गरेका थिए ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.