default_image

3 years ago

August 27, 2021

सिटीका फ्रान्सेली डिफेन्डर मेन्डी निलम्बित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले बलात्कारको आरोप लागेका आफ्ना डिफेन्डर बेन्जामिन मेन्डीलाई निलम्बन गरेको छ ।बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेपछि सिटीले एक विज्ञप्ति जारी गर्दै मुद्दाको फैसाला नहुँदासम्म निलम्बन गरिएको जनाएको छ । चेसायर कन्सटबुलरीले फ्रान्सेली डिफेन्डरमाथि बलत्कारको चार वटा र यौन दुव्र्यवहारको एक मुद्दा परेको जनाएको छ । क्राउन अभियोजन सेवा (सिपिएस) […]

35 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले बलात्कारको आरोप लागेका आफ्ना डिफेन्डर बेन्जामिन मेन्डीलाई निलम्बन गरेको छ ।बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेपछि सिटीले एक विज्ञप्ति जारी गर्दै मुद्दाको फैसाला नहुँदासम्म निलम्बन गरिएको जनाएको छ ।

चेसायर कन्सटबुलरीले फ्रान्सेली डिफेन्डरमाथि बलत्कारको चार वटा र यौन दुव्र्यवहारको एक मुद्दा परेको जनाएको छ । क्राउन अभियोजन सेवा (सिपिएस) ले घटनाहरू अक्टोबर २०२० र अगस्ट २०२१ को बीचमा उत्तर पश्चिमी इंग्ल्यान्डको चेशायरमा भएको बताइएको छ । तीन उजुरीकर्ता १६ वर्ष भन्दा माथिका छन् ।

प्रहरी हिरासतमा रहेका उनी आज (शुक्रबार) चेस्टर मजिस्ट्रेट अदालतमा उपस्थित हुनेछन् । फ्रान्सले २०१८ मा विश्वकप जित्दा टोलीका सदस्य रहेका मेन्डी २०१७–१८ को सिजनदेखि म्यानचेस्टर सिटीमा रहेका छन् । उनले चोटका कारण नियमित पहिलो रोजाइमा भने खेल्न पाएका छैनन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.