default_image

3 years ago

August 27, 2021

नेपालविरुद्ध भारतको बलियो टोली घोषणा

एजेन्सी – नेपालविरुद्ध अर्को साता हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोलीको घोषणा भएको छ । कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय बलियो टोलीको बिहीबार घोषणा भएको छ । नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुन लागेको हो । ६ वर्षपछि यी दुई टोलीबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको […]

47 views

0 Bookmark

एजेन्सी – नेपालविरुद्ध अर्को साता हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोलीको घोषणा भएको छ । कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय बलियो टोलीको बिहीबार घोषणा भएको छ ।

नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुन लागेको हो । ६ वर्षपछि यी दुई टोलीबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१५ मा विश्व कप छनोटका क्रममा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो । भारतमा भएको छनोटको पहिलो लेगमा भने नेपाल २–० ले पराजित भएको थियो ।

भारतले अनुभवी डिफेन्डर सन्देश झिंगनलाई भने टोलीमा समेटेको छैन । उनी क्रोएसियाको एचएनके सिबेनिकमा गत महिना मात्र अनुबन्धन भएका थिए ।

दुवै टोली साफ च्याम्पियनसिपको तयारीका क्रममा रहेका छन् । मैत्रीपूर्ण खेलपछि नेपाली टोली अन्तिम तयारीका लागि कतार जाने तयारीमा छ । असोज १५ गते देखि साफ च्याम्पियनसिप माल्दिभ्समा सुरु हुनेछ । जहाँ भारतले पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले माल्दिभ्ससँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

२५ सदस्यीय भारतीय टोली

गोलकिपर – अमरिन्दर सिंह, धिरज सिंह मोइराङथेम, गुरप्रित सिंह सन्धु

रक्षक – प्रितम कोटल, चिङलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज

मिडफिल्ड– लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर

फरवार्ड – मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.