default_image

3 years ago

August 27, 2021

रोनाल्डो अनुबन्धनको दौडमा म्यानचेस्टर युनाइटेड अगाडि

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस छोड्ने पक्का भएसँगै उनकै पूर्व क्लब म्यानचेस्टर युनाइटेड पनि ट्रान्सफर दौडमा समावेश भएको छ । रोनाल्डोले क्लब छाड्ने पक्का भएपछि एजेन्ट जोर्गे मेन्डेसले युनाइटेडसँग सम्झौताबारे प्रारम्भिक छलफल पनि सुरु गरिसकेका छन् । म्यानचेस्टर सिटीले रोनाल्डोसँग व्यक्तिगत सम्झौतामा नै सहमति गर्न नसकेपछि रोनाल्डोको सिटी जाने सम्भावना सकिएको […]

79 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस छोड्ने पक्का भएसँगै उनकै पूर्व क्लब म्यानचेस्टर युनाइटेड पनि ट्रान्सफर दौडमा समावेश भएको छ ।

रोनाल्डोले क्लब छाड्ने पक्का भएपछि एजेन्ट जोर्गे मेन्डेसले युनाइटेडसँग सम्झौताबारे प्रारम्भिक छलफल पनि सुरु गरिसकेका छन् । म्यानचेस्टर सिटीले रोनाल्डोसँग व्यक्तिगत सम्झौतामा नै सहमति गर्न नसकेपछि रोनाल्डोको सिटी जाने सम्भावना सकिएको थियो । रोनाल्डोले युभेन्टसलाई आफू क्लब छाड्ने जानकारी दिएसँगै युनाइटेडले यसबारे चासो दिएको थियो ।

सिटीसँग सहमति हुन नसकेसँगै एजेन्ट मेन्डेस र युनाइटेड प्रतिनिधिबीच छलफल भइरहेको बेलायतका संचार माध्यमले जनाएका छन् । रोनाल्डोको तलबलाई लिएर सिटीमा ठूलो समस्या रहेको थियो । दुई वर्षको अनुबन्धनका लागि ट्रान्सफर रकम खर्चेर सिटीले रोनाल्डोको तलब दिन असमर्थता जनाएको थियो ।

यता युनाइटेड फर्कन भने रोनाल्डो आफैंले पनि केहि लचकता देखाएको बुझिएको छ । युनाइटेड आफैं पनि आफ्नो पूर्व खेलाडी फर्काउन उत्साहित रहेकाले ट्रान्सफर सम्पन्न हुनेमा दुवै पक्ष सकारात्मक रहेको बुझिएको छ । युभेन्टसले भने रोनाल्डोको लागि ३० मिलियन युरो माग गर्दै आएको छ । युनाइटेड यसबारे जानकार भएर नै रोनाल्डोसँग छलफलमा जुटेको हो ।

यसअघि शुक्रबार नै युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्साएरले पनि रोनाल्डोको आगमनबारे संकेत दिएका थिए । ‘ रोनाल्डो यस क्लबका लेजेन्ड हुन् । उनीसँग हामी सम्पर्कमा नै छौं । ब्रुनोले उनीबारे कुरा गरिरहेका छन् र हामी पनि उनको बह्वाना बुझ्छौं । उनी यदि युभेन्टस छाड्न चाहन्छन् भने हामी यहाँ छौं भन्ने उनले बुझेका छन्,’ सोल्साएरले भने ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.