default_image

3 years ago

August 27, 2021

रोनाल्डो अनुबन्धनका लागि म्यानचेस्टर युनाइटेड र युभेन्टस सहमत

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसबीच सहमति भएको छ । म्यानचेस्टर युनाइटेडले आफ्नो वेबसाइटमार्फत दुई क्लबबीच पूर्व खेलाडी रोनाल्डोको ट्रान्सफरलाई लिएर सहमति भएको जनाएको छ । अब रोनाल्डोसँग व्यक्तिगत सम्झौता, स्वास्थ्य परिक्षण र भिसा प्रक्रियापछि रोनाल्डो औपचारिक रुपमा युनाइटेडमा अनुबन्धित हुनेछन् । रोनाल्डो र […]

76 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसबीच सहमति भएको छ ।

म्यानचेस्टर युनाइटेडले आफ्नो वेबसाइटमार्फत दुई क्लबबीच पूर्व खेलाडी रोनाल्डोको ट्रान्सफरलाई लिएर सहमति भएको जनाएको छ । अब रोनाल्डोसँग व्यक्तिगत सम्झौता, स्वास्थ्य परिक्षण र भिसा प्रक्रियापछि रोनाल्डो औपचारिक रुपमा युनाइटेडमा अनुबन्धित हुनेछन् । रोनाल्डो र युनाइटेडबीच व्यक्तिगत सहमतिका लागि पनि छलफल भइसकेको बुझिएको छ ।

रोनाल्डोले क्लब छाड्ने पक्का भएपछि विहीबार नै एजेन्ट जोर्गे मेन्डेसले युनाइटेडसँग सम्झौताबारे प्रारम्भिक छलफल सुरु गरिसकेका थिए । म्यानचेस्टर सिटीले रोनाल्डोसँग व्यक्तिगत सम्झौतामा नै सहमति गर्न नसकेपछि रोनाल्डोको सिटी जाने सम्भावना सकिएको थियो । रोनाल्डोले युभेन्टसलाई आफू क्लब छाड्ने जानकारी दिएसँगै युनाइटेडले यसबारे चासो दिएको थियो ।

सिटीसँग सहमति हुन नसकेसँगै एजेन्ट मेन्डेस र युनाइटेड प्रतिनिधिबीच छलफल भइरहेको बेलायतका संचार माध्यमले जनाएका छन् । रोनाल्डोको तलबलाई लिएर सिटीमा ठूलो समस्या रहेको थियो । दुई वर्षको अनुबन्धनका लागि ट्रान्सफर रकम खर्चेर सिटीले रोनाल्डोको तलब दिन असमर्थता जनाएको थियो ।

यता युनाइटेड फर्कन भने रोनाल्डो आफैंले पनि केहि लचकता देखाएको बुझिएको छ । युनाइटेड आफैं पनि आफ्नो पूर्व खेलाडी फर्काउन उत्साहित रहेकाले ट्रान्सफर सम्पन्न हुनेमा दुवै पक्ष सकारात्मक रहेको बुझिएको छ । युभेन्टसले भने रोनाल्डोको लागि ३० मिलियन युरो माग गर्दै आएको छ । युनाइटेड यसबारे जानकार भएर नै रोनाल्डोसँग छलफलमा जुटेको हो ।

यसअघि शुक्रबार नै युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्साएरले पनि रोनाल्डोको आगमनबारे संकेत दिएका थिए । ‘ रोनाल्डो यस क्लबका लेजेन्ड हुन् । उनीसँग हामी सम्पर्कमा नै छौं । ब्रुनोले उनीबारे कुरा गरिरहेका छन् र हामी पनि उनको चहाना बुझ्छौं । उनी यदि युभेन्टस छाड्न चाहन्छन् भने हामी यहाँ छौं भन्ने उनले बुझेका छन्,’ सोल्साएरले भने ।

रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेडका लागि खेल्दै २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । उनी युनाइटेडबाट त्यस समयको विश्व कीर्तिमानी रकममा रियल म्याड्रिड पुगेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.