default_image

3 years ago

August 27, 2021

‘सी’ डिभिजन लिग छनोट – आरसी–३२ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा आरसी–३२ फुटबल एकेडेमीले शानदार जितसहित विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा भारसिटी फुटबल क्लबमाथि ८–० को फराकिलो जित निकाल्दै आरसी–३२ ले सुखद सुरुवात गरेको हो । समूह ‘सी मा रहेको आरसी–३२ को फराकिलो जितमा बबिन बोहराले ह्याट्रिक पुरा गर्नुका साथै […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा आरसी–३२ फुटबल एकेडेमीले शानदार जितसहित विजयी सुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा भारसिटी फुटबल क्लबमाथि ८–० को फराकिलो जित निकाल्दै आरसी–३२ ले सुखद सुरुवात गरेको हो ।

समूह ‘सी मा रहेको आरसी–३२ को फराकिलो जितमा बबिन बोहराले ह्याट्रिक पुरा गर्नुका साथै तीन असिस्ट दिए । विवेक सन्तोषीले दुई तथा, सनम लिम्बु, आशिष लावती र जीवन राइमाझीले समान एक गोल गरे ।

यस्तै शुक्रबारै भएको समूह ‘डी’ को खेलमा वेस्ट काठमाडौं फुटबल क्लब र मेहल कुना फुटबल क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । वेस्ट काठमाडौंका राजु गुरुङ र रितेश क्षेत्रीले गोल गर्दा मेहल कुनाका विजय रोकाया र खगेन्द्र नेपालीले गोल गरे ।

‘सी’ डिभिजन छनोटमा देशभरका ७८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा तीन टोली रहेका छन् । हरेक समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरणमा तीन समूहको विजेता ‘सी’ डिभिजनमा बढुवा हुनेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.