default_image

3 years ago

August 28, 2021

हालान्डको गोलमा डर्टमुन्डको रोमाञ्चक जित

एजेन्सी – इन्ज्युरी समयमा नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोल मद्दतमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा होफेनहाइनमाथि रोमाञ्चक जित हात पारेको छ । सबै पाँच गोल दोस्रो हाफमा सम्भव हुदा डर्टमुन्डले होफेनहाइनमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो । सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलमा डर्टमुन्डका जियोभानी रेना, जुडे बेलिङघम र हालान्डले गोल […]

74 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोल मद्दतमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा होफेनहाइनमाथि रोमाञ्चक जित हात पारेको छ ।

सबै पाँच गोल दोस्रो हाफमा सम्भव हुदा डर्टमुन्डले होफेनहाइनमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो । सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलमा डर्टमुन्डका जियोभानी रेना, जुडे बेलिङघम र हालान्डले गोल गर्दा होफेनहाइनका क्रिस्टोफ बोउमगार्टनर र मुनास डाबुरले गोल फर्काए ।

खेलको ४९औं मिनेटमा जियोभानी रेनाको गोलबाट डर्टमुन्डले अग्रता लिएको थियो । उनले जुडे बेलिङघमको पासमा गोल गरेका थिए । ६१औं मिनेटमा क्रिस्टोफ बोउमगार्टनरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले डेनिस गेइगरको पासमा गोल गरेका थिए ।

६९औं मिनेटमा अघिल्लो गोलमा असिस्ट दिएका जुडे बेलिङघमले गोल गर्दै डर्टमुन्डलाई पुनः २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दुई गोल सम्भव हुदा हालान्डले निर्णयक गोल गर्दै डर्टमुन्डलाई ३–२ को रोमाञ्चक जित दिलाए । त्यसअघि इन्ज्युरी समयमै मुनास डाबुरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

नयाँ सिजनको डर्टमुन्डको यो दोस्रो जित हो । डर्टमुन्डले फ्रान्कफुर्टलाई पराजित गर्दा फ्रेइवर्गसँग हार बेहोरेको थियो । जितपछि डर्टमुन्ड ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । नयाँ सिजनमा पहिलो हार बेहोरेको होफेनहाइन ३ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.