3 years ago
August 28, 2021
एजेन्सी – डिपोर्टिभो एलाभेसमाथि सहज जित निकाल्दै भ्यालेन्सिया स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा भ्यालेन्सियाले एलाभेसमाथि ३–० को सहज जित निकालेको हो । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा भ्यालेन्सियाको जितमा ड्यानियल वास, कार्लाेस सोलेर र गोन्कालो गुइडेसले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल निस्किएको थियो । […]
एजेन्सी – डिपोर्टिभो एलाभेसमाथि सहज जित निकाल्दै भ्यालेन्सिया स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा भ्यालेन्सियाले एलाभेसमाथि ३–० को सहज जित निकालेको हो ।
घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा भ्यालेन्सियाको जितमा ड्यानियल वास, कार्लाेस सोलेर र गोन्कालो गुइडेसले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल निस्किएको थियो ।
खेलको तेस्रो मिनेटमा नै ड्यानियल वासको गोलबाट भ्यालेन्सियाले अग्रता बनाएको थियो । उनले डेनिस चेरिसेभको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कार्लाेस सोलेरले गोन्कालो गुइडेसको पासमा गोल गर्दै भ्यालेन्सियालाई २–० ले अघि बढाए ।
६०औं मिनेटमा गोन्कालो गुइडेसले गोल गरेपछि भ्यालेन्सियाले खेलमा ३–० को आरामदायी अग्रता बनायो । उनले म्याक्सिमिलियानो गोमेजको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा भ्यालेन्सियाले सहज जित निकाल्न सफल भयो । ला लिगामा अपराजित रहेको भ्यालेन्सियाको यो दोस्रो जित हो । यसअघि गेटाफेलाई पारजित गरेको भ्यालेन्सिया ग्रानडासँग बराबरीमा रोकिएको थियो ।
यो जितसँगै भ्यालेन्सिया ३ खेलबाट ७ अंक जोडेर ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । समान ७ अंक नै रहेपनि मलोर्का गोल अन्तरमा दोस्रो स्थनमा छ । पराजित एलाभेस अंकविहीन हुदै पुछारमा छ ।
यस्तै ला लिगाको अर्काे खेलमा मलोर्काले अपराजित यात्रालाई निरन्तरता दिदा इस्पान्योललाई १–० ले पराजित गरेको छ । मलोर्काको जितमा ड्यानियल रोड्रिग्वेजले पहिलो हाफम गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा गोल गरेका थिए ।
खेलको अन्त्यतिर इस्पान्योल १० खेलाडीमा समेटिएको थियो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सेर्गी गोमेज सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
जितपछि तीन खेलसम्म अपराजित रहेको मलोर्का ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ७ अंक नै रहेपनि भ्यालेन्सिया शीर्षस्थानमा रहेको छ । पराजित इस्पान्योल २ अंक जोडेर १५औं स्थानमा छ ।
यस्तै फ्रेन्च लिग वानमा लियोनले नान्टेसलाई १–० ले पराजित गरेको छ । लियोनको जितमा मोउसा डेम्वेलेले ३५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । लियोन ७८औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।
डामिइन डा सिल्भा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । जितपछि लियोन ४ खेलाट ५ अंक जोड्दै छैटौ स्थानमा रहँदा पराजित नान्टेस ४ अंक जोडेर १०औं स्थानमा रहेको छ ।
April 18, 2024
एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]
April 18, 2024
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]