default_image

3 years ago

August 28, 2021

रियल म्याड्रिडलाई रियल बेटिसको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदा साविकको उपविजेता रियल म्याड्रिडले रियल बेटिसको सामना गर्दैछ । खेल रियल बेटिसको मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे हुने छ । सुरुवाती दुई खेल बराबरी खेलेको रियल बेटिस घरेलु मैदानमा रियल म्याड्रिडलाई स्तब्ध पार्दै नयाँ सिजनको ला लिगामा पहिलो जितको खोजीमा हुनेछ । […]

47 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदा साविकको उपविजेता रियल म्याड्रिडले रियल बेटिसको सामना गर्दैछ । खेल रियल बेटिसको मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे हुने छ ।

सुरुवाती दुई खेल बराबरी खेलेको रियल बेटिस घरेलु मैदानमा रियल म्याड्रिडलाई स्तब्ध पार्दै नयाँ सिजनको ला लिगामा पहिलो जितको खोजीमा हुनेछ । रियल बेटिसले मलोर्का र क्याडिजसँग समान १–१ गोलको बराबरी खेलेको थियो ।

टोलीसँग बोर्जा इग्लेएिस, नविल फेकिर, सर्जियो केनालेस, जुआनमी, आन्द्रेस गुआरडाडो, गुइडो रोड्रिग्वेज, जुआन मिरान्डा, भिक्टर रुइज, इड्गर गोन्जालेज, मार्टिन मोनटोया र गोलरक्षक रुई सिल्भा रहेका छन् । पछिल्लो साता मात्र बेटिसका प्रशिक्षकले ला लिगा सुस्त भएको भन्दै आलोचना गरेका थिए ।

यता, रियल म्याड्रिड घरेलु टोलीलाई हराउँदै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । रियल बेटिसलाई हराउन सके रियलले शीर्ष स्थानको भ्यालेन्सियासँगको अंक दुरी बराबरी गर्नेछ । भ्यालेन्सिया ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सेभिया पराजित भएको अवस्थामा रियलले रियल बेटिसले फराकिलो गोल अन्तरले पराजित गर्न सके रियल म्याड्रिड शीर्षस्थानमा उक्लनेछ ।

प्रशिक्षक कार्लाे एन्सेलोटीले करिम बेन्जेमासँगै ग्यारेथ बेल र इडेन हाजार्डलाई पहिलो रोजाईमा उतार्न सक्नेछ । सुरुवाती दुई खेलमा ३ गोल गरेका भिनिसियस जुनियरलाई दोस्रो हाफमा मैदानमा उतार्न सक्नेछ । मिडफिल्डमा लुका मोड्रिच र टोनी क्रुस नहुँदा रियललाई समस्या पर्न सक्नेछ ।

क्यासमिरो, फेडे भाल्र्भेडे र इस्को मिडफिल्ड सम्हाल्दा डेभिड अलाबाले मिडफिल्डमा साथ दिन सक्नेछ । इडर मिलिसाओ, ड्यानी कार्भाजल र मिगुइल गुइटेरेज डिफेन्डस सम्हाल्दा थिवाउट कोर्टुवाले रियलको पोस्ट सम्हाल्नेछन् ।

यि दुई टोलीबीचको पछिल्लो १८ खेलमा रियल ११ खेलमा विजयी भएको छ । चार खेल रियल बेटिसले आफ्नो पक्षमा पार्दा तीन खेल बराबरीमा सकिएको छ । पछिल्लो ५ भिडन्तमा रियलले एक खेल मात्रै जित्न सक्दा १ खेल दुई खेल रियल बेटिसले जित्दा २ खेल बराबरीमा सकिएको छ ।

अन्य खेल :

सेल्टा डि भिगोविरुद्ध एट्लेटिको बिल्वाओ (राति ८:४५ बजे)

इल्चेविरुद्ध सेभिया (राति ११:१५ बजे)

रियल सोसिडाडविरुद्ध लेभान्टे (राति ११:१५ बजे)

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.