default_image

3 years ago

August 28, 2021

आर्सनलमाथि सिटीको सानदार जित

एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सानदार जित दर्ता गरेको छ । पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको आर्सनललाई सिटीले घरेलु मैदानमा ५–० ले पराजित गरेको हो । इतिहाद स्टेडियममा घरेलु टोलीको सानदार जितमा फेरान टोरेसले २ तथा इल्काए गुन्डोगान, गाब्रियल जेसस र रोड्रीले १-१ गोल गरे । एकपक्षीय खेलमा सिटीले खेलको सातौं मिनेटमा नै गुन्डोगानको […]

63 views

0 Bookmark

एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सानदार जित दर्ता गरेको छ । पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको आर्सनललाई सिटीले घरेलु मैदानमा ५–० ले पराजित गरेको हो ।

इतिहाद स्टेडियममा घरेलु टोलीको सानदार जितमा फेरान टोरेसले २ तथा इल्काए गुन्डोगान, गाब्रियल जेसस र रोड्रीले १-१ गोल गरे । एकपक्षीय खेलमा सिटीले खेलको सातौं मिनेटमा नै गुन्डोगानको गोलबाट अग्रता लिएको थियो । गाब्रियल जेससको क्रसमा उनको हेडर गोलरक्षक बर्न्ड लेनोको हातमा लाग्दै गोल भएको थियो ।

१२औं मिनेटमा फेरान टोरेसले सिटीको अग्रता दोब्बर पारे । १९औं मिनेटमा इमिल स्थिम रोवीको प्रहारलाई गोलरक्षक इडर्सन मोराएसले बचाउँदा आर्सननले गोल अन्तर घटाउन सकेन । ३५औं मिनेटमा ग्रानिट झाका सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्सनल थप दवावमा आएको थियो । जोओ क्यान्ससेलोमाथि फल गरेपछि रेफ्रीले झाकालाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

४३औं मिनेटमा ब्राजिली गाब्रियल जेससले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए । उनले ज्याक ग्रेलिसको पासमा सहज गोल गरेका थिए । पहिलो हाफमा नै निकै दबाबमा रहेको आर्सनलले दोस्रो हाफमा पूर्ण रुपमा रक्षात्मक रणनीति अपनाउँदै सिटीलाई रोक्ने काम मात्र गरिरह्यो ।

५०औं मिनेटमा ग्रेलिसको पासमा बर्नाडो सिल्भाको प्रहारलाई गोलरक्षक लेनोले विफल पारे । ५३औं मिनेटमा फेरान टोरेसको पासमा रोड्रीले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए । टोरेसले ८४ औं मिनेटमा माहरेजको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई सानदार जित दिलाएका थिए ।

प्रिमियर लिगमा सिटीको यो दोस्रो जित हो । पहिलो खेलमा टोटेनहमसँग १–० ले स्तब्ध भएपछि सिटीले दोस्रो खेलमा नर्विच सिटीमाथि ५–० को जित निकाल्दै जितको लयमा फर्किएको थियो । यो जितसँगै सिटीको तीन खेलबाट ६ अंक पुगेको छ ।

यता, खराब सुरुवात गरेको आर्सनलले लगातार तेस्रो खेलमा गोल गर्न नसक्दा अंकविहिन नै रहयो । यो आर्सनलको क्लब इतिहासकै सबैभन्दा खराब सुरुवात हो । आर्सनल पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफर्ड र चेल्सीसँग समान २–० ले पराजित भएको थियो ।

यो पनि : लिभरपुल र चेल्सी भिड्दै

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.