default_image

3 years ago

August 28, 2021

एभर्टन र लेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन र लेस्टर सिटी विजयी भएका छन् । एभर्टनले घरेलु टोली ब्राइटनमाथि २–० को सहज जित हात पारेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार राति भएको खेलमा एभर्टनको जितमा डेमाराई ग्रे र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४१औं मिनेटमा डेमाराई ग्रेको गोलबाट एर्भटनले पहिलो हाफमा […]

57 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन र लेस्टर सिटी विजयी भएका छन् । एभर्टनले घरेलु टोली ब्राइटनमाथि २–० को सहज जित हात पारेको हो ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार राति भएको खेलमा एभर्टनको जितमा डेमाराई ग्रे र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४१औं मिनेटमा डेमाराई ग्रेको गोलबाट एर्भटनले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले एलानको पासमा गोल गरेका थिए ।

४४औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनको प्रहारलाई ब्राइटनका गोलरक्षक रोबर्ट सान्चेजले विफल पारे । ५८औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारे । सिमस कोलम्यानलाई पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले एर्भटनलाई पेनाल्टी प्रदान गरेका थिए । जसलाई लेविनले सहजै गोलमा परिणत गरे ।

त्यसपछि थप गोल निस्कन नसक्दा एभर्टन २–० ले विजयी हुन सफल भयो । प्रिमियर लिगमा एभर्टनको यो दोस्रो जित हो । दोस्रो जितसँगै एभर्टनले ३ खेलबाट ७ अंक जोडेको छ । पहिलो हार बेहारेको ब्राइटनको ३ खेलबाट ६ अंक छ ।

यस्तै अर्काे खेलमा लेस्टर सिटीले घरेलु टोली नर्विच सिटीमाथि २–१ को जित दर्ता गरेको छ । लेस्टरको जितमा जेमी भार्डी र मार्क अल्ब्राइटनले गोल गर्दा घरेलु टोलीका टिमु पुकीको गोल सान्त्वना बन्यो । खेलको आठौं मिनेटमा लेस्टरका लागि जेमी भार्डीको गोलबाट लेस्टरले अग्रता लिएको थियो ।

४४औं मिनेटमा टिमु पुकीले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । ७६औं मिनेटमा मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरलाई २–१ ले अघि बढाए । ८०औं मिनेटमा केन्नी म्याकलिनले गोल गरेपनि भिएआरबट मान्यता नपाउँदा नर्विच बराबरीबाट चुक्यो । भिएआरमा उनी अफसाइड ठहरिएको थिए । जितसँगै लेस्टरको ३ खेलबाट ६ अंक पुगेको छ । तीन खेलमा नै पराजय बेहोरेको नर्विचले अंकको खाता खोल्न सकेको छैन ।

त्यसअघि साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सानदार जित दर्ता गरेको थियो । पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको आर्सनललाई सिटीले घरेलु मैदानमा ५–० ले पराजित गरेको हो ।

इतिहाद स्टेडियममा घरेलु टोलीको सानदार जितमा फेरान टोरेसले २ तथा इल्काए गुन्डोगान, गाब्रियल जेसस र रोड्रीले १-१ गोल गरे । एकपक्षीय खेलमा सिटीले खेलको सातौं मिनेटमा नै गुन्डोगानको गोलबाट अग्रता लिएको थियो । गाब्रियल जेससको क्रसमा उनको हेडर गोलरक्षक बर्न्ड लेनोको हातमा लाग्दै गोल भएको थियो ।

१२औं मिनेटमा फेरान टोरेसले सिटीको अग्रता दोब्बर पारे । १९औं मिनेटमा इमिल स्थिम रोवीको प्रहारलाई गोलरक्षक इडर्सन मोराएसले बचाउँदा आर्सननले गोल अन्तर घटाउन सकेन । ३५औं मिनेटमा ग्रानिट झाका सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्सनल थप दवावमा आएको थियो । जोओ क्यान्ससेलोमाथि फल गरेपछि रेफ्रीले झाकालाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

४३औं मिनेटमा ब्राजिली गाब्रियल जेससले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए । उनले ज्याक ग्रेलिसको पासमा सहज गोल गरेका थिए । पहिलो हाफमा नै निकै दबाबमा रहेको आर्सनलले दोस्रो हाफमा पूर्ण रुपमा रक्षात्मक रणनीति अपनाउँदै सिटीलाई रोक्ने काम मात्र गरिरह्यो ।

५०औं मिनेटमा ग्रेलिसको पासमा बर्नाडो सिल्भाको प्रहारलाई गोलरक्षक लेनोले विफल पारे । ५३औं मिनेटमा फेरान टोरेसको पासमा रोड्रीले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए । टोरेसले ८४ औं मिनेटमा माहरेजको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई सानदार जित दिलाएका थिए ।

प्रिमियर लिगमा सिटीको यो दोस्रो जित हो । पहिलो खेलमा टोटेनहमसँग १–० ले स्तब्ध भएपछि सिटीले दोस्रो खेलमा नर्विच सिटीमाथि ५–० को जित निकाल्दै जितको लयमा फर्किएको थियो । यो जितसँगै सिटीको तीन खेलबाट ६ अंक पुगेको छ ।

यता, खराब सुरुवात गरेको आर्सनलले लगातार तेस्रो खेलमा गोल गर्न नसक्दा अंकविहिन नै रहयो । यो आर्सनलको क्लब इतिहासकै सबैभन्दा खराब सुरुवात हो । आर्सनल पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफर्ड र चेल्सीसँग समान २–० ले पराजित भएको थियो ।

अन्य नतिजा :

म्यानचेस्टर सिटीविरुद्ध आर्सनल (–०)

एस्टन भिल्लाविरुद्ध ब्रेन्टफर्ड (१–१)

ब्राइटनविरुद्ध एभर्टन (०–)

न्युक्यासलविरुद्ध साउथह्याम्टन (२–२)

नर्विच सिटीविरुद्ध लेस्टर सिटी (१–)

वेस्ट ह्यामविरुद्ध क्रिस्टल प्यालेस (२–२)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.