default_image

3 years ago

August 29, 2021

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सानदार जित

एजेन्सी – गोल मेसिन पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पुरा गरेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा हर्था बर्लिनमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा थोमस मुलर र जमल मुसिएलाले गोल थपेपछि बायर्नले हर्था बर्लिनमाथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । एलिएन्ज एरिना म्युनिखमा बायर्नले खेलको छैटौं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो […]

51 views

0 Bookmark

एजेन्सी – गोल मेसिन पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पुरा गरेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा हर्था बर्लिनमाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा थोमस मुलर र जमल मुसिएलाले गोल थपेपछि बायर्नले हर्था बर्लिनमाथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । एलिएन्ज एरिना म्युनिखमा बायर्नले खेलको छैटौं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो ।

उनले अलफन्सो डाभिसको पासमा गोल गरेका थिए । ३५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४९औं मिनेटमा जमल मुसिएलाले थोमस मुलरको पासमा गोल गरेपछि बायर्नले खेलमा ३–० को आरामदायी अग्रता बनायो ।

७०औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि बायर्न फराकिलो जिततर्फ अग्रसर बन्यो । उनले लिरोए सानेको पासमा गोल गरेका थिए ।

८४औं मिनेटमा लेवान्डोस्कीले टांगी निएनजोउको पासमा गोल गर्दै ह्याट्रिक पुरा गर्दै बायर्नलाई ५–० को सानदार जित दिलाए । जारी सिजनमा लेवान्डोस्कीको यो पहिलो ह्याट्रिक हो । लेवान्डोस्कीले यो सिजनको तीन खेलमा आफ्नो गोलसंख्या ५ पु¥याइसकेका छन् ।

जितसँगै अपराजित रहेको बायर्न ३ खेलबाट ७ अंक जोड्दै बुन्डेसलिगाको दोस्रो स्थानमा उक्लिएको छ । समान ७ अंक नै रहेपनि बायर लिभरकुसन गोलअन्तरमा शीर्षस्थानमा रहेको छ । पराजित हर्था बर्लिन अंकविहीन हुदै पुछारमा छ ।

अन्य नतिजा
एफसी कोल्नविरुद्ध बोचुम (–१)
अर्मेनिया विलेफिल्डविरुद्ध फ्रान्कफुर्ट (१–१)
अग्सवर्गविरुद्ध बायर लिभरकुसन (१–४)
माइन्जविरुद्ध ग्रिउथर फुर्थ (–०)
स्टुटगार्टविरुद्ध फ्रेइवर्ग (२–)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.