default_image

3 years ago

August 29, 2021

रोनाल्डोविना युभेन्ट्स स्तब्ध

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने पक्का भएपछिको पहिलो खेलमा इटालियन सिरी ‘ए’ मा युभेन्ट्स नवप्रवेशी इम्पोलीसँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु मैदानमा नै इम्पोलीसँग १–० ले स्तब्ध बनेको हो । युभेन्ट्सलाई स्तब्ध पार्न लियोनार्दाे मानकुसोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २१औं मिनेटमा गोल गरेका थिए । इम्पोलीको […]

57 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने पक्का भएपछिको पहिलो खेलमा इटालियन सिरी ‘ए’ मा युभेन्ट्स नवप्रवेशी इम्पोलीसँग स्तब्ध बनेको छ ।

युभेन्ट्स घरेलु मैदानमा नै इम्पोलीसँग १–० ले स्तब्ध बनेको हो । युभेन्ट्सलाई स्तब्ध पार्न लियोनार्दाे मानकुसोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २१औं मिनेटमा गोल गरेका थिए । इम्पोलीको महत्वपुर्ण जितमा गोलरक्षक गुगलिलमो भिकाइरोले उच्च प्रदर्शन गरे ।

रोनाल्डोले क्लब छाड्ने पक्का भएपछि उनी युभेन्ट्सको प्रशिक्षण क्याम्पमा सामेल भएका थिएनन् । शुक्रबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युभेन्ट्ससँग रोनाल्डोको विषयमा सम्झौता भएको सार्वजनिक गरेको थियो ।

घरेलु मैदान एलिएन्ज एरिना टुरिनमा बल पोसेसनमा फकड बनाएपनि युभेन्ट्सले इम्पोलीको रक्षापङ्ति तोड्न सकेन । प्रशिक्षक मासिमिलियानो एलेग्रीले दोस्रो हाफमा अल्भारो मोराटा, फेडरिको बर्नरडेस्ची, म्यानुयल लोकाटेली र डिजान कुलुसेभ्स्कीलाई मैदानभित्र पठाएपनि हार टार्न सकेनन् ।

जितपछि इम्पोली २ खेलबाट ३ अंक जोड्दै ११औं स्थानमा रहँदा जित निकाल्न नसकेको युभेन्ट्स २ खेलबाट १ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

अन्य नतिजा

एटलान्टाविरुद्ध बोलोग्ना (०–०)

लाजियोविरुद्ध स्पेजिया (६–१)

फियोरेन्टिनाविरुद्ध टोरिनो (–१)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.