default_image

3 years ago

August 29, 2021

रामोस अनुबन्ध गरेपछि सिल्भा पिएसजीसँग असन्तुष्ट

एजेन्सी – ब्राजिलियन डिफेन्डर थियागो सिल्भाले आफ्नो पूर्व क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस डिफेन्डर सर्जियो रामोसलाई अनुबन्ध गरेकोमा असन्तुष्टि जनाएका छन् । गत सिजन पिएसजीले नयाँ सम्झौता नदिएपछि सिल्भाले क्लब छाडेका थिए । सिल्भाकै कप्तानीमा पिएसजीले च्याम्पियन्स लिगको फाइनलसम्म यात्रा तय गरेको थियो । फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि पिएसजी पहिलो पटक उपाधि […]

38 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन डिफेन्डर थियागो सिल्भाले आफ्नो पूर्व क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस डिफेन्डर सर्जियो रामोसलाई अनुबन्ध गरेकोमा असन्तुष्टि जनाएका छन् ।

गत सिजन पिएसजीले नयाँ सम्झौता नदिएपछि सिल्भाले क्लब छाडेका थिए । सिल्भाकै कप्तानीमा पिएसजीले च्याम्पियन्स लिगको फाइनलसम्म यात्रा तय गरेको थियो । फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि पिएसजी पहिलो पटक उपाधि जित्नबाट बन्चित भएको थियो । उक्त खेलसँगै सिल्भाको पिएसजी यात्रामा पनि पूर्णविराम लागेको थियो ।

पिएसजीले सिल्भालाई उमेर बढ्दै गएको भन्दै नयाँ सम्झौता दिएको थिएन । सिल्भाले त्यसपछि फ्री ट्रान्सफरमा चेल्सीसँग सम्झौता गरेका थिए । चेल्सी आएपछि आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिएका उनले लन्डन क्लबसँग भने च्याम्पियन्स लिग जित्न सफल रहे । उनले पिएसजीमा सँगै रहेका थोमस टुचेलसँग उपाधि जितेका थिए ।

तर पिएसजीले यसपटक ट्रान्सफरमा सर्जियो रामोसलाई दुई वर्षको सम्झौतामा अनुबन्धन गरेपछि भने सिल्भाले आफूलाई निकै दुख लागेको बताए । ‘मलाई सर्जियो रामोससँग कुनै समस्या छैन । तर सर्जियोलाई जुन उमेरमा २ वर्षको सम्झौता दिइएको छ, म दुई वर्षअघि त्यहि अवस्थामा थिएँ,’ उनले भने, ‘यसले मलाई निकै नराम्रो लग्यो । मैले यसबारे पिएसजीको कोहिसँग कुरा गरेको छैन किनकि यसबाट मैले क्लबलाई कुनै योगदान नगरेजस्तो लागिरहेको छ ।’

‘मैले क्लब छाडेपछि त्यसलाई बिर्सेर अघि बढिसकें । तर यसो भनिरहँदा मैले त्यसबेला के भयो भन्ने पनि सोच आउँछ । त्यसबेला अरु विकल्प पनि थिए कि भन्ने लाग्छ,’ उनले थपे ।

‘मैले पिएसजीमा ८ दिन वा ८ महिना होइन, मेरो करिअरको ८ वर्ष बिताएँ । त्यो समयमा हामीले थुप्रै उपाधि जित्यौं र क्लबमा आमुल परिवर्तन पनि आयो । हामीले मिहिनेत गरेर नै अहिले पिएसजी यो स्तरमा छ ।’

‘म पिएसजीले जितोस् भन्ने कामना गर्छु किनकि क्लब त्यो सम्मानको हकदार छ । तर अहिले फर्केर हेर्दा त्यसबेला मेरो हकमा केहि फरक निर्णय हुन सक्थ्यो भन्ने लाग्छ ।’

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.