default_image

3 years ago

August 29, 2021

युनाइटेड फर्कने रोनाल्डोको मनैदेखिको निर्णय

सन् २००३ को कुरा हो, पोर्चुगलको स्पोर्टिङ सिपीमा खेलिरहेका प्रतिभावान युवा खेलाडी क्रिस्टियानो रोनाल्डोलाई किन्नका लागि युरोपियन क्लबहरुबीच तछाडमछाड नै चलेको थियो । उक्त प्रतिस्पर्धामा म्यानचेस्टर युनाइटेडले बाजीमा मारेको थियो । इंग्ल्यान्डमा ६ सिजन बिताउने क्रममा रोनाल्डोले आफूलाई प्रतिभावान युवा खेलाडीबाट विश्व फुटबलको स्टारका रुपमा स्थापित गरे । युनाइटेडको जर्सीमा खेल्दा रोनाल्डोले युनाइटेडका लागि सम्भव […]

52 views

0 Bookmark

सन् २००३ को कुरा हो, पोर्चुगलको स्पोर्टिङ सिपीमा खेलिरहेका प्रतिभावान युवा खेलाडी क्रिस्टियानो रोनाल्डोलाई किन्नका लागि युरोपियन क्लबहरुबीच तछाडमछाड नै चलेको थियो । उक्त प्रतिस्पर्धामा म्यानचेस्टर युनाइटेडले बाजीमा मारेको थियो ।

इंग्ल्यान्डमा ६ सिजन बिताउने क्रममा रोनाल्डोले आफूलाई प्रतिभावान युवा खेलाडीबाट विश्व फुटबलको स्टारका रुपमा स्थापित गरे । युनाइटेडको जर्सीमा खेल्दा रोनाल्डोले युनाइटेडका लागि सम्भव सबै उपाधि जिते । जसमा च्याम्पियन्स लिग पनि सामेल छ । रोनाल्डो आफैंले पनि २००८ मा बालोन डि ओर जिते ।

युनाइटेडमा आफ्नो लक्ष्य पूरा भएपछि उनी आफ्नो सपनाको क्लब रियल म्याड्रिड पुगे । १२ वर्षअघि रियलले विश्व कीर्तिमनी मूल्य तिरेर रोनाल्डोलाई अनुबन्ध गरेको थियो । रियल म्याड्रिडमा रोनाल्डोले बेग्लै इतिहास रचे । व्यक्तिगत रुपमा करिअरको उत्कर्षमा रहेका उनले क्लबलाई सफलता मात्र दिलाएनन् आफू ग्लोबल ब्रान्डका रुपमा नै स्थापित भए ।

रियलमा पनि सबै लक्ष्य पूरा भएपछि उनले नयाँ चुनौतीका रुपमा युभेन्टस जाने निर्णय गरे । त्यहाँ तीन सिजन बिताउने क्रममा उनी सफल रहे । तर रोनाल्डोले जुन किसिमको छवी बनाएका छन्, त्यो हेर्दा भने च्याम्पियन्स लिग जित्न नसक्दा उनको लक्ष्य पूरा नभएको मान्न सकिन्छ । उनलाई असफल भन्न त नसकिएला तर रोनाल्डो आफैंले बनाएको त्यो महत्त्वाकांक्षी लक्ष्यले उनलाई असफल भन्ने अलोचन पनि छन् ।

युभेन्ट्स बसाईं टुंग्याउने निर्णय लिने हुँदा उनलाई अनुबन्ध गर्न पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटीले पनि इच्छा देखाएका थिए । तर निकै ढिला क्लब छाड्ने निर्णय गरेका उनलाई सिटीले अनुबन्ध गर्न चाहेपनि रोनाल्डोले पुरानै क्लब युनाइटेड रोजे ।

रोनाल्डो चर्चित स्पोर्टिङ एकेडेमीका उत्पादन हुन् । उनले त्यहि क्लबबाट व्यावसायिक करिअरको सुरुवात गरे । तर युनाइटेडमा पुगेपछि उनी विश्वव्यापी रुपमा स्टार बन्न सफल भए । सम्भवतः त्यहि कारण हुन सक्छ करिअरको उत्तर्रार्द्धमा उनले आफूलाई स्थापित गराउने क्लबकै बाटो चुने ।

रोनाल्डोको पुनरागमनले इग्ल्यान्ड र युरोपियन फुटबलमा त्यसको प्रभाव पक्कै पर्नेछ । आर्थिक रुपमा युनाइटेड बलियो क्लब हो । तर पनि पछिल्ला वर्षहरुमा सिटी र पिएसजीको छायाँमा परेको छ । निरन्तर रुपमा उपाधि जित्ने छविलाई पनि युनाइटेडले पछिल्ला वर्षहरुमा कायम राख्न सकेको छैन ।

रोनाल्डोको आगमनले समर्थकमा पनि आशाको सञ्चार भएको छ । टोलीलाई उपाधि दिलाउनमा उनको भूमिका रहने अपेक्षा गरिएको छ । सर एलेक्स फर्गुनसले प्रशिक्षक पद त्यागेयता युनाइटेडको लय एकनासको रहन सकेको छैन ।

रोनाल्डोले छाडेपछि युनाइटेडले लगातार तीन पटक प्रिमियर लिगको उपाधि जित्यो भने ती सिजनमा टोली च्याम्पियन्स लिगको कम्तीमा सेमिफाइनल पुगेको थियो । पछिल्लो १२ सिजनमा युनाइटेडले मात्र २ पटक प्रिमियर लिग जितेको छ । त्यस्तै २०११ को च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो । त्यति बेला युनाइटेड फाइनलमा पराजित भएको थियो ।

पछिल्ला वर्षहरुमा युनाइटेडले सफलताको स्वाद चाख्न पाएको छैन । २०१३ यता प्रिमियर लिगसहित टोलीले ३ महत्त्वपूर्ण उपाधि जितेपनि टोली २०१७ यता भने उपाधिविहिन छ । रोनाल्डो फर्केपछि टोलीले उपाधि जित्ने आशा बढेको छ । रोनाल्डो फर्केपछिको लक्ष्यमा उनी र क्लब प्रष्ट छन्, विगतकै जस्तो टोलीलाई पुनः सफलता दिलाउने ।

युवा अवस्थामा युनाइटेड छाडेका रोनाल्डो परिपक्क भएर युनाइटेड फर्कंदैछन् । सम्भवतः उनी इंग्ल्यान्डमा सबैभन्दा बढी कमाउने फुटबल खेलाडी हुन सक्छन् । युनाइटेड फर्कनमा रोनाल्डो आफैं पनि उत्साहित देखिएका छन् र निसंकोच उनले भित्रि मनैदेखि यो निर्णय गरेका हुन् । व्यक्तिगत रुपमा मैदान भित्रको सफलता र आर्थिक रुपमा पनि उनलाई सिटी जाने विकल्प उत्तम रहन सक्थ्यो । तर रोनाल्डोले युनाइटेड फर्केर आफ्नो करिअरको सुखद अन्त्यसँगै क्लबको पुरानो छवि फर्काउने प्रयास गर्नेछन् । यसमा उनले आफ्नो दिमाग भन्दा भित्रि मनले निर्णय लिएका छन् ।

एजेन्सीको सहयोगमा

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.