default_image

3 years ago

August 29, 2021

एमबाप्पे अनुबन्धन : पिएसजीलाई रियलको अल्टिमेटम

एजेन्सी – यस सिजनको समर ट्रान्सफर विन्डोको अन्तिम मिति नजिकिंदै छ । यस्तोमा रियल म्याड्रिड पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेलाई सम्झौता गर्ने विषयमा ढिलाई गर्न चाहँदैन । रियलले एमबाप्पे अनुबन्ध गर्न अन्तिम प्रयासस्वरूप फ्रान्सेली क्लब समक्ष आफ्नो अन्तिम प्रस्ताव पेस गरिरकेको छ । रियलले बिहीबार एमबाप्पेका लागि १ सय ७० मिलियन […]

48 views

0 Bookmark

एजेन्सी – यस सिजनको समर ट्रान्सफर विन्डोको अन्तिम मिति नजिकिंदै छ । यस्तोमा रियल म्याड्रिड पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेलाई सम्झौता गर्ने विषयमा ढिलाई गर्न चाहँदैन ।

रियलले एमबाप्पे अनुबन्ध गर्न अन्तिम प्रयासस्वरूप फ्रान्सेली क्लब समक्ष आफ्नो अन्तिम प्रस्ताव पेस गरिरकेको छ । रियलले बिहीबार एमबाप्पेका लागि १ सय ७० मिलियन र बोनसमा १० मिलियन युरोको प्रस्ताव गरेको थियो । अहिले पनि रियल त्यस प्रस्तावमा पिएसजीको जवाफ कुरिरहेको छ ।

रियलका निर्देशकहरुले पिएसजीलाई त्यो नै अन्तिम प्रस्ताव रहने बताएका छन् । यस प्रस्तावका विषयमा पिएसजीले शनिबार वा आइतबार सम्म जवाफ दिने आशा गरेका थिए । तर रियलले अब सोमबारसम्म पिएसजीले यसको निर्णय दिनुपर्ने अल्टिमेटम दिएका छन् । आइतबार पिएसजीले लिगको चौथो खेलमा राइम्सको सामना गर्दैछ ।

सोमबार एमबाप्पे क्लब जिम्मेवारी छाडेर राष्ट्रिय टोलीमा जोडिनेछन् । रियल राष्ट्रिय टोलीमा जानुअघि एमबाप्पेबारे निर्णय लिन चाहन्छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरिज जति सक्दो छिटो सम्झौता गर्न चाहन्छन् । पिएसजीले प्रस्ताव स्वीकार गर्ने वा नगर्ने छिटो जवाफ चाहिरहेका छन् ।

यदि यसपटक पनि पिएसजीले प्रस्ताव नकारेको खण्डमा जनवरीमा रियलले एमबाप्पेसँग सम्झौताका गर्न पाउँछ । कुनैपनि खेलाडीले आफ्नो सम्झौता सकिन ६ महिना बाँकी रहेको अवस्थामा अन्य क्लबसँग पूर्व सम्झौता गर्न पाउनेछ । सिजन सकिएपछि फ्री ट्रान्सफरमा जान यो विकल्प खेलाडीले प्रयोग गर्दै आएका छन् ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.