default_image

3 years ago

August 29, 2021

मेस्सी, नेयमार र एमबाप्पे पहिलोपटक एकसाथ टोलीमा

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिगको चौथो खेलमा आज राइम्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १२:३० बजे हुनेछ । तीन साताअघि पिएसजी आएका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आज क्लबबाट डेब्यु गर्ने भएका छन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सी पहिलो पटक पिएसजीको टोलीमा हुने पक्का गरेका छन् । तर उनी […]

69 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिगको चौथो खेलमा आज राइम्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १२:३० बजे हुनेछ ।

तीन साताअघि पिएसजी आएका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आज क्लबबाट डेब्यु गर्ने भएका छन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सी पहिलो पटक पिएसजीको टोलीमा हुने पक्का गरेका छन् । तर उनी सुरुवातबाट खेल्छन् वा बेन्चमा रहन्छन् भन्ने यकिन भएको छैन । टोलीका अर्का फरवार्ड माउरो इकार्डी घाइते भएका कारण मेस्सीले सुरुवाती रोजाइमा खेल्ने सम्भावना पनि छ ।

मेस्सीसँगै नेयमार पनि यस सिजन पहिलो पटक टोलीमा रहेका छन् । दुवै खेलाडी एमबाप्पेसँग पहिलो पटक टोलीमा परेका हुन् । युरोका सर्वोत्कृष्ट खेलाडी बनेका गोलरक्षक जियानलुइजी डोनारुम्माले पनि डेब्यु गर्न बाँकी रहेको छ । उनी पनि आज टोलीमा समावेश छन् ।

यस्तै चोटका कारण डिफेन्डर सर्जियो रामोसले पनि टोलीमा स्थान बनाएका छैनन् । यसै सिजन क्लबमा आएका मिडफिल्डर जर्जिनियो वाइनाल्डम र डिफेन्डर अक्रफ हाकिमीले भने क्लबबाट नियमित खेल्दै आएका छन् ।

अगस्ट १० मा अनुबन्धित भएका मेस्सीले हालसम्म कुनै खेलमा टोलीमा स्थान बनाएका छैनन् । म्याच फिटनेस नभएका कारण नै उनलाई तयार हुन समय दिइएको प्रशिक्षक पोचेटिनोले बताउँदै आएका छन् । मेस्सीले कोपा अमेरिका उपाधि जितेपछि झन्डै एक महिना विश्राम लिएका थिए । पिएसजीमा अनुबन्धित भएपछि भने उनी पछिल्लो दुई सातायता नियमित प्रशिक्षणमा छन् ।

झन्डै डेढ महिनायता प्रतिस्पर्धात्मक खेल नखेलेका कारण पनि मेस्सीले आज पूरा समय नखेल्ने सम्भावना छ । उनी दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै डेब्यु गर्न सक्छन् । मेस्सीसँगै नेयमार र किलियन एमबाप्पे पनि टोलीमा समेटिएका छन् । पिएसजीमा पहिलो पटक तीनै स्टार एकसाथ मैदानमा देखिने सम्भावना पनि रहेको छ ।

नेयमार र एमबाप्पे दुवै उपस्थित रहेको अवस्थामा मेस्सीले दायाँ विंगमा खेल्ने सम्भावना छ । एमबाप्पेले बीचबाट आक्रमण सम्हाल्दै आएका छन् । ट्रान्सफर बजारमा उनको रियल म्याड्रिड जाने चर्चा भएपनि प्रशिक्षक पोचेटिनोले एमबाप्पेले आफुलाई क्लब छाड्नेबारे केहि नभनेको जनाएका छन् । उनले एमबाप्पे आफ्नो योजनामा रहेको र त्यसैअनुसार टोली तयार गरेको अभिव्यक्ति दिएका छन् ।

पिएसजीले नेयमार र मेस्सीबिना पनि लिगको सुरुवाती तीन खेलमा शत प्रतिशत जितको सुरुवात गरेको छ । एम्बापपेले तीनै खेलमा प्रभावशाली प्रदर्शन गरेका छन् । राइम्म्सविरुद्ध गत सिजन पिएसजीले दुवै खेलमा सहज जित हासिल गरेको थियो । राइम्सले यस सिजन खेलेका तीनै खेलमा बराबरी खेल्दै ३ अंक जोडेको छ । पिएसजी भने ९ अंकसहित शीर्ष स्थानमा छ ।

यो पनि : एमबाप्पे अनुबन्धन : पिएसजीलाई रियलको अल्टिमेटम

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.