default_image

3 years ago

August 29, 2021

बार्सिलोना र गेटाफे भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा गेटाफेको आतिथ्यता गर्दै छ । खेल नोउ क्याम्पमा राति ८:४५ बजे हुनेछ । गेटाफेलाई हराउँदै बार्सिलोना शीर्ष चार टोलीसँगको अंक बराबरी गर्ने लक्ष्यमा मैदान उत्रनेछ । गेटाफेमाथि ३ गोलको जित निकाल्न सके बार्सिलोना गोल अन्तरमा शीर्षस्थानमा उक्लनेछ । बार्सिलोनाको २ खेलबाट ४ अंक […]

106 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा गेटाफेको आतिथ्यता गर्दै छ । खेल नोउ क्याम्पमा राति ८:४५ बजे हुनेछ ।

गेटाफेलाई हराउँदै बार्सिलोना शीर्ष चार टोलीसँगको अंक बराबरी गर्ने लक्ष्यमा मैदान उत्रनेछ । गेटाफेमाथि ३ गोलको जित निकाल्न सके बार्सिलोना गोल अन्तरमा शीर्षस्थानमा उक्लनेछ । बार्सिलोनाको २ खेलबाट ४ अंक छ ।

टोलीसँग मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन, फ्रान्की डि योङ, सर्जियो बुस्क्वेट्स, सर्जी रोबर्टाे, डेभिड अल्वा, क्लेमेन्ट लेङ्लेट, रोनाल्ड एराउजो र सर्जिनो डेस्ट टोलीमा रहँदा गोलरक्षक मार्क आन्दर टेर स्टेगनले खेल्ने सम्भावना छ ।

यता, गेटाफे पनि घरेलु टोलीलाई स्तबध् पार्दै पहिलो जितको खोजीमा हुनेछ । गेटाफेले नयाँ सिजनको सुरुवाती दुई खेलमा जित निकाल्न सकेको छैन । टोलीसँग माटा, उमल, जान्कटो, कार्लेस एलेना, म्याथियस ओलिभेरा, स्टेफन मित्रोभिक, डामियन सुआरेज र डेभिड सोरिया टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो २२ खेलमा बार्सिलोना १७ खेलमा विजयी भएको छ । गेटाफेले २ खेल आफ्नो पक्षमा पार्दा ३ खेल बराबरीमा सकिएको छ । गत सिजन यि दुई टोलीले समान एक जित निकालेका थिए ।

खेलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स २ ले गर्नेछ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.