default_image

3 years ago

August 29, 2021

बार्सिलोनाले गेटाफेलाई हरायो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा गेटाफेमाथि २-१ को जित दर्ता गरेको छ । खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाले सर्जी रोबर्टोको पासमा गोल गरेका थिए । उनले जोर्डी अल्बाको क्रसलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत गरेका थिए । तर १८ औं मिनेटमा पाहुना टोलीले गोल फर्कायो । […]

38 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा गेटाफेमाथि २-१ को जित दर्ता गरेको छ ।

खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाले सर्जी रोबर्टोको पासमा गोल गरेका थिए । उनले जोर्डी अल्बाको क्रसलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत गरेका थिए । तर १८ औं मिनेटमा पाहुना टोलीले गोल फर्कायो । बार्सिलोनाकै पूर्व खेलादो कार्लेस अलेनाको पासमा सान्ड्रो रामिरेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

३० औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनाको अग्रता पुन: स्थापना गरे । उनले फ्रेंकी डे जोङको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट मुभ बनाउँदै गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले आक्रमणमा दबाब बनाएपनि अग्रता बढाउन सकेन ।

दोस्रो हाफको ८२ औं मिनेटमा अल्बाको क्रसमा बुस्केट्सले गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले त्यसलाई अफसाइड दिएका थिए । खेलको ४ मिनेट समय बाँकी रहँदा गेटाफेले बराबरी गर्ने अवसर पाएपनि त्यसमा अकुर्गु चुकेका थिए ।

यस जितसँगै बार्सिलोनाको ३ खेलमा ७ अंक पुगेको छ । गोलअन्तरको आधारमा चौथो स्थानमा रहेपनि बार्सिलोनाले शीर्षस्थानमा रहेको रियल म्याड्रिड, सेभिया र भ्यालेन्सियासँग अंक बराबर गरेको छ । मालोर्काको पनि ७ अंक छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.