default_image

3 years ago

August 29, 2021

युनाइटेडको दोस्रो जित

एजेन्सी – म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा दोस्रो जित हासिल गर्ने क्रममा वल्भ्सलाई १–० ले हराउँदै लिगको तेस्रो स्थानमा उक्लेको छ । घरेलु मैदानमा वल्भ्सले पटक पटक गोल गर्ने मौका खेर फालेको थियो । गोलरक्षक डेविड डे हेयाले सानदार बचाउ गर्दै खेललाई गोलरहित नै कायम राखेका थिए । वल्भ्सका लागि एडामा ट्राओरेले आक्रमणमा अवसर सिर्जना […]

50 views

0 Bookmark

एजेन्सी – म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा दोस्रो जित हासिल गर्ने क्रममा वल्भ्सलाई १–० ले हराउँदै लिगको तेस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदानमा वल्भ्सले पटक पटक गोल गर्ने मौका खेर फालेको थियो । गोलरक्षक डेविड डे हेयाले सानदार बचाउ गर्दै खेललाई गोलरहित नै कायम राखेका थिए । वल्भ्सका लागि एडामा ट्राओरेले आक्रमणमा अवसर सिर्जना गरेपनि फिनिसिङमा भने खेलाडी चुकेका थिए ।

मेसन ग्रिनवुडले खेलको अन्त्यतिर गरेको गोलमा युनाइटेडले जित हासिल गरेको थियो । उनले खेल सकिन १० मिनेट बाँकी रहँदा गरेको गोल निर्णायक बनेको थियो । उनले राफाएल भरानको पासमा गोल गरेका थिए । यद्यपि उक्त गोलको मुभमा पल पोग्बाले रुबेन नेभेसमाथि फल गरेको भन्दै गोल विवादरहित भने हुन सकेन ।

युनाइटेडका लागि यसै सिजन क्लबमा आबद्ध भएका डिफेन्डर राफाएल भरान र मिडफिल्डर जेडन सान्चोले पहिलो पटक सुरुवाती रोजाइमा खेलेका थिए । भारनले आफ्नो भूमिकामा न्याय गर्दा सान्चोले भने अपेक्षित प्रदर्शन गर्न सकेनन् । युनाइटेडले प्रिमियर लिगमा लगातार २८ अवे खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान पनि कायम गर्यो ।

यससँगै युनाइटेडले अपराजित यात्रा कायम गर्दै ३ खेलमा ७ अंक पुर्याएको छ । अब अन्तर्राष्ट्रिय विश्रामपछि सेप्टेम्बर ११ मा वल्भ्सले वाटफोर्डको सामना गर्नेछ भने सोही दिन म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । अन्तर्राष्ट्रिय विश्रामपछि क्रिस्टियानो रोनाल्डो औपचारिक रुपमा युनाइटेडमा आबद्ध हुनेछन् । उनी युभेन्ट्सबाट युनाइटेड जाने पक्का भइसकेको छ ।

त्यसअघि टोटेनहम हट्सपर छिमेकी क्लब वाटफर्डलाई पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको थियो । आइतबार भएको खेलमा वाटफर्डलाई १-० ले पराजित गर्दै टोटेनहम अंक तालिकाको पहिलो स्थानमा पुगेको हो ।

घरेलु मैदानमा टोटेनहमको जितमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक सावित भयो । सनले खेलको ४२ औं मिनेटमा बायाँ विंगबाट गरेको फ्रिकिक प्रहार सिधै गोल भएको थियो । दोस्रो हाफमा दुवै टोलीले आक्रमणमा केहि अवसर सिर्जना गरेपनि गोल हुन सकेन ।

प्रिमियर लिगमा पहिलो पटक सुरुवाती रोजाइमा परेका फरवार्ड ह्यारी केनले केहि सुन्दर अवसर गुमाए । वाटफर्डबाट दुई दिनअघि मात्र टोटेनहम छोडेका मिडफिल्डर मौसा सिसोकोले खेलेका थिए । यसै सिजन क्लबसँग आबद्ध भएका प्रशिक्षक नुनो एस्पिरितो सान्टोले कीर्तिमानी सुरुवात गरेका छन् । उनी प्रिमियर लिग करिअरको सुरुवाती तीनै खेल जित्ने पहिलो टोटेनहम प्रशिक्षक बनेका छन् ।

टोटेनहमले लिगको पहिलो खेलमा म्यानचेस्टर सिटी र दोस्रो खेलमा वल्भ्समाथि पनि १-० को जित नै दर्ता गरेको थियो । टोटेनहम ३ खेलमा ९ अंक जोड्दै अंक तालिकामा २ अंकको अग्रता लिन सफल भएको छ । वाटफर्डले भने ३ खेलमा १ जितसहित ३ अंक जोडेको छ ।

आइतबारकै अर्को खेलमा लिड्स युनाइटेड र बर्नली १-१ को बराबरीमा रोकिए । बर्नलीले ६१ औं मिनेटमा क्रिस वुडको गोलमा अग्रता लिएको थियो । उनले प्रिमियर लिगको ३० हजारौं गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । प्याट्रिक बामफर्डले खेल सकिन ४ मिनेट बाँकी रहँदा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बर्नलीले जारी सिजनको पहिलो अंक जोड्दा लिड्सले भने दोस्रो बराबरी खेलेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.