default_image

3 years ago

August 30, 2021

जिरुड चम्कदा एसी मिलानको सानदार जित

एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभर जिरुड चम्कदा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा एसी मिलानले क्याग्लिएरीमाथि ४–१ को सानदार जित निकालेको हो । मिलानको जितमा सान्द्रो टोनाली र राफयल लियोले समान एक गोल गर्दा क्याग्लिएरीका एलेसान्द्रो डिओलाले एक गोल फर्काए ।खेलको १२औं मिनेटमा सान्द्रो टोनालीको गोलबाट मिलानले […]

109 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभर जिरुड चम्कदा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा एसी मिलानले क्याग्लिएरीमाथि ४–१ को सानदार जित निकालेको हो ।

मिलानको जितमा सान्द्रो टोनाली र राफयल लियोले समान एक गोल गर्दा क्याग्लिएरीका एलेसान्द्रो डिओलाले एक गोल फर्काए ।
खेलको १२औं मिनेटमा सान्द्रो टोनालीको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । तर त्यो अग्रता लामो सय टिकेन । १५औं मिनेटमा एलेसान्द्रोले बराबरी गोल फर्काए ।

१७औं मिनेटमा थियो हर्नान्डेजको पासमा राफयल लियोले गोल गर्दै एसी मिलानलाई २–१ को अग्रता दिलाए । २४औं मिनेटमा ब्राहिम डियाजको पासमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई ३–१ ले अघि बढाए । ४३औं मिनेटमा जिरुडले पेनाल्टीमार्फत गोल थपेपछि मिलानले पहिलो हाफमै ४–१ को आरामदायी अग्रता लिन सफल भयो । दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै मिलानको जितमा निर्णायक बन्यो ।

लगातार दोस्रो जितसँगै मिलान २ खेलबाट ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि लाजियो, इन्टर मिलान र रोमा शीर्ष तीनमा रहेका छन् । नेपोली पाँचौ स्थानमा रहेको छ । पराजित क्याग्लिएरी १ अंकसहित १४औं स्थानमा रहेको छ ।

अन्य नतिजा
जिनोआविरुद्ध नेपोली (१–)
सस्सुलोविरुद्ध साम्पडोरिया (०–०)
सालेरनिटानाविरुद्ध रोमा (०–)

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.