default_image

3 years ago

August 30, 2021

यस्तो रहयो मेस्सीको पिएसजी डेब्यु

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आइतबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यु गरे । मेस्सी व्यावसायिक करिअरमा पहिलो पटक बार्सिलोनाबाहेक अन्य क्लबको जर्सीमा उत्रिएका थिए । प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सीलाई बेन्चबाट मैदान प्रवेश गराएका थिए । ब्राजिलियन फरवार्ड नेयमारको स्थानमा मेस्सीले ६६ औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । उनी […]

48 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आइतबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यु गरे । मेस्सी व्यावसायिक करिअरमा पहिलो पटक बार्सिलोनाबाहेक अन्य क्लबको जर्सीमा उत्रिएका थिए ।

प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सीलाई बेन्चबाट मैदान प्रवेश गराएका थिए । ब्राजिलियन फरवार्ड नेयमारको स्थानमा मेस्सीले ६६ औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । उनी मैदान छिर्दा एमबाप्पेको दुई गोलको मद्दतमा पिएसजी २-० ले अघि बढिसकेको थियो । पिएसजीले मेस्सीको आगमनपछि गोल थप्न त सकेन तर समर्थकहरुलाई उत्साहित हुने अवसर भने मेस्सीले दिएका छन् ।

मेस्सी र एमबाप्पेले आक्रमणमा सँगै खेल्दै केहि सुन्दर मुभ सिर्जना गरे । दुई फरवार्डबीच निकै राम्रो तालमेल पनि देखियो । एमबाप्पे र मेस्सीले वन टु पास खेल्दै केहि मुभ पनि सिर्जना गरे । तर एमबाप्पेको पिएसजीमा भविष्य प्रष्ट नभएको अवस्थामा यो साझेदारी कहाँ पुग्छ भन्ने अवस्था छैन ।

यसबाहेक मेस्सीले आफ्नो खेल्ने शैलीलाई निरन्तरता दिँदै केहि फाउल पनि जिते । उनको बल नियन्त्रण र खेलाडी कटाउने क्षमता पहिलो खेलमा नै दर्शकले हेर्न पाए । पेनाल्टी क्षेत्रभित्र पनि बल पाएका मेस्सीले गोलमा प्रहार भने गरेनन् । उनले टोली २-० ले अघि रहेका कारण पनि संयमित रुपमा बल आफ्नै पकडमा राख्ने रणनीतिमा बढी ध्यान दिएका थिए ।

पहिलो खेलमा निकै कम समय पाएका मेस्सीले एमबाप्पेसँग आक्रमणमा साझेदारी गरे । आउने दिनमा एमबाप्पे पिएसजीमा रहने वा नरहने भन्ने प्रष्ट छैन । तर मेस्सीको आगमनले नेयमारलाई फाइदा पुग्ने पक्का छ । यसअघि बार्सिलोनामा पनि यी दुइको साझेदारी निकै जमेको थियो । एमबाप्पे पनि पीएसजीमा नै रहेको अवस्थामा भने क्लबको आक्रमण युरोपकै सर्वोत्कृष्ट हुनेमा दुइमत रहन्न ।

मेस्सीको पिएसजी डेब्यु भिडियोमा :

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.