default_image

3 years ago

August 30, 2021

रोनाल्डोले जर्सी नम्बर ७ नै लगाउने सम्भावना

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुन: अनुबन्ध गरेपछि सबैको ध्यान रोनाल्डोले कुन जर्सी नम्बर प्रयोग गर्छन् भन्नेमा छ । रोनाल्डोले प्रयोग गर्दै आएको जर्सी नम्बर ७ हाल युनाइटेडमा एडिन्सन काभानीले प्रयोग गरेका कारण पनि यो चर्चा बढेको हो । दुई क्लबबीच सहमति भएपछि रोनाल्डोले युभेन्टसलाई धन्यवाद भनिसकेको कारण पनि अब […]

70 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुन: अनुबन्ध गरेपछि सबैको ध्यान रोनाल्डोले कुन जर्सी नम्बर प्रयोग गर्छन् भन्नेमा छ । रोनाल्डोले प्रयोग गर्दै आएको जर्सी नम्बर ७ हाल युनाइटेडमा एडिन्सन काभानीले प्रयोग गरेका कारण पनि यो चर्चा बढेको हो ।

दुई क्लबबीच सहमति भएपछि रोनाल्डोले युभेन्टसलाई धन्यवाद भनिसकेको कारण पनि अब औपचारिक घोषणाको व्यग्र पर्खाइमा युनाइटेड समर्थक छन् । रोनाल्डो एक दशकपछि युनाइटेड फर्कन लागेका हुन् । यसअघि युनाइटेडबाट नै सिनियर करिअरमा छाप बसाएका रोनाल्डोले त्यसपछि रियल म्याड्रिड र युभेन्टसबाट खेलेका थिए । आफ्नो सिनियर करिअरमा जर्सी नम्बर ७ प्रयोग गरेका रोनाल्डोले यसलाई आफ्नो ब्राण्ड नै बनाएका छन् । रोनाल्डोले सीआर७ को ब्राण्डमा फुटबलबाहिर थुप्रै व्यापारिक क्षेत्रमा लगानी गरेका छन् ।

रोनाल्डोले यसअघि युनाइटेडको निकै प्रतिष्ठित जर्सी नम्बर ७ लगाएर करिअरमा उडान भरेका थिए । उनीपछि युनाइटेडमा अन्य खेलाडीले जर्सी नम्बर ७ प्रयोग गरेपनि कसैले राम्रो छाप बसाउन सकेका छैनन् । रोनाल्डोपछि एन्टोनियो भ्यालेन्सिया, एन्जल डी मारिया, मेम्फिस डिपाए र एडिन्सन काभानीले यो नम्बर प्रयोग गरेका छन् ।

हाल काभानीले युनाइटेडमा ७ नम्बर जर्सी लगाइरहेका छन् । रोनाल्डोको आगमनसँगै काभानीको भविष्य पनि अनिश्चित छ । यसैपनि काभानी युनाइटेडमा रहनेबारे शंका भइरहेको अवस्थामा रोनाल्डोको आगमनले उनी क्लब छाड्ने सम्भावना बढेको छ । काभानीले रोनाल्डोको लागि नै जर्सी छाड्ने सम्भावना पनि रहन सक्छ ।

तर त्यसका लागि प्रिमियर लिगको विशेष स्वीकृति आवश्यक पर्छ । लिगको नियम अनुसार दर्ता गरिसकेको जर्सी नम्बर परिवर्तन गर्न पुरानो खेलाडीले क्लब छाडेको हुनुपर्ने वा स्वीकृति लिनुपर्ने नियम छ । प्रिमियर लिगको वेबसाइटमा रोनाल्डो र काभानी दुवैकोमा जर्सी नम्बर ७ राखिएको छ । यसको मतलब अब क्लबले रोनाल्डोका लागि विशेष स्वीकृति प्रदान गरेर काभानीलाई नयाँ नम्बर दिन सक्छ ।

यसअघि रियल म्याड्रिड जाँदा भने रोनाल्डोले सुरुवाती सिजन जर्सी नम्बर ९ प्रयोग गरेका थिए । क्लबका कप्तान राउलले ७ नम्बर जर्सी प्रयोग गरेकाले उनी ९ नम्बर लगाउन बाध्य भएका थिए । अर्को सिजन राउल जर्मन क्लब साल्के गएपछि रोनाल्डोले ७ नम्बर नियमित लगाएका थिए ।

यता युभेन्टसमा भने उनले अर्का खेलाडीबाट ७ नम्बर जर्सी लिएका थिए । रोनाल्डोले युभेन्टससँग सम्झौता गरेपछि आफूलाई ७ नम्बर जर्सी दिन सकिनेबारे सोधेका थिए । त्यसको जवाफमा क्लब सकारात्मक रहेको थियो । त्यसबेला ७ नम्बर लगाएका जुआन क्वाडराडो आफैंले रोनाल्डोलाई जर्सी नम्बर ७ दिनु आफूलाई खुसीको कुरा रहेको बताएका थिए । रोनाल्डोले ७ नम्बर लगाएपछि उनले १६ नम्बर जर्सी रोजेका थिए ।

रोनाल्डोले आफ्नो करिअरमा यसअघि जर्सी नम्बर २८ पनि प्रयोग गरेका थिए । उनले स्पोर्टिङ लिस्बनमा यो नम्बर लगाएका थिए । रोनाल्डोले युनाइटेड आएपछि पनि २८ नम्बर लगाउन खोजेका थिए, तर सर एलेक्स फर्गुसनले उनलाई ७ नम्बर लगाउन भनेका थिए । युनाइटेडमा अहिले ९ नम्बर एन्थोनी मार्सियल र २८ नम्बर फाकुन्दो पेलिस्त्रीले प्रयोग गरेका छन् । रोनाल्डोले राष्ट्रिय टोलीबाट १७ नम्बर पनि प्रयोग गरेका छन् । युनाइटेडमा अहिले खाली उपलब्ध जर्सीहरु १२, १५, २४, ३०, ३१, ३३ र ३५ छन् ।

यो पनि : यस्तो रहयो मेस्सीको पिएसजी डेब्यु

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.