default_image

3 years ago

August 30, 2021

‘नेपाल कठिन प्रतिद्वन्द्वी हो’ – कप्तान सुनील

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेल भारतका लागि कठिन हुने बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान सुनीलले नेपाली भाषामा नै पत्रकारसँग बोलेका थिए । सुनीलले यस कठिन परिस्थितिमा मैत्रीपूर्ण खेल आयोजना गरेकोमा नेपाललाई धन्यवाद पनि दिए । ‘मैत्रीपूर्ण खेल पाउन सहज थिएन । यस्तो अवस्थामा पनि नेपाल सरकार र एन्फाले हामीलाई मैत्रीपूर्ण खेल खेल्न आमन्त्रण गर्नुभयो, […]

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेल भारतका लागि कठिन हुने बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान सुनीलले नेपाली भाषामा नै पत्रकारसँग बोलेका थिए ।

सुनीलले यस कठिन परिस्थितिमा मैत्रीपूर्ण खेल आयोजना गरेकोमा नेपाललाई धन्यवाद पनि दिए । ‘मैत्रीपूर्ण खेल पाउन सहज थिएन । यस्तो अवस्थामा पनि नेपाल सरकार र एन्फाले हामीलाई मैत्रीपूर्ण खेल खेल्न आमन्त्रण गर्नुभयो, त्यसका लागि धन्यवाद,’ उनले भने, ‘हामीले पहिला पनि नेपालसँग खेलेका छौं । नेपाल निकै कठिन प्रतिद्वन्द्वी हो । विशेषगरी हामीविरुद्ध टोलीले राम्रो खेल्छ । हामी सकेसम्म राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं ।’

सुनीलले नेपालविरुद्ध खेल सधैं कठिन हुने पनि बताए । ‘हामीले क्लब स्तरमा पनि केहि महिनाअघि आर्मीविरुद्ध खेलेका थियौं । त्यो टोलीमा पनि राष्ट्रिय टोलीका केहि खेलाडी थिए । नेपालविरुद्ध हामीलाई खेल सधैं कठिन नै हुने गर्छ । यसपटक घरेलु मैदानमा टोलीको फाइदा पनि टोलीलाई छ,’ उनले थपे ।

साफको तयारी अझै पूर्ण रुपमा सुरु नभएको उनले बताए । ‘साफ च्याम्पियनसिपका लागि हामीलाई तयारी गर्न केहि कठिन छ । हाम्रो लिग सकिएको छ । दुई क्लब मात्र एएफसी प्रतियोगितामा बाँकी थिए । अब यसै टोलीबाट छनोट भएका खेलाडी साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा जानेछ,’ उनले थपे ।

टोलीका केहि खेलाडी सिधै नेपाल भ्रमणका लागि आएका हुन् । यसबारे सुनीलले भने, ‘हाम्रो दुई क्लबका खेलाडी माल्दिभ्सबाट भर्खर फर्किएका छौं । एएफसी कपमा व्यस्त रहेका कारण ८ जना खेलाडी प्रशिक्षणमा थिएनौं । तर युवा खेलाडीले पनि प्रशिक्षणमा निकै मिहिनेत गरेका छन् । दुई साता मात्र प्रशिक्षण गरेपनि प्रशिक्षक टोलीको तयारीबाट खुसी हुनुहुन्छ ।’

उनले आफू कस्तो टोली नेपालविरुद्ध खेल्छ भन्नेबारे अनभिज्ञ रहेको बताए । ‘हाम्रो टोली कस्तो हुन्छ मलाई पनि थाहा छैन । हामी २५ जना खेलाडी आएका छौं । कसले खेल्न पाउँछ र विश्राम लिन्छ भन्ने प्रशिक्षकलाई नै थाहा छ । म आफैंले पनि यहिं आएर टोलीसँग प्रशिक्षण गर्दैछु,’ फरवार्ड सुनीलले स्पष्ट पारे ।

सुनीलले नेपालमा आएर खेल्न पाउँदा खुसी लागेको बताए । ‘म नेपालमा आएर खेल्न पाउँदा खुसी छु । मेरो हजुरबुवा हजुरआमा र आमा नेपालबाट नै हुनुहुन्छ । यहाँ फर्केर आउँदा राम्रो नै लाग्छ । यो कठिन समयमा म सबै सुरक्षित नै रहनुस् भन्न चाहन्छु । यो समय चाडै जावोस् भन्ने आशा गर्दछु,’ उनले टुंग्याए ।

नेपालले भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । साफ च्याम्पियनसिपको तयारीका लागि भारत सोमबार नेपाल आइपुगेको हो । नेपाली टोली पनि यस मैत्रीपूर्ण खेलपछि कतार जाने कार्यक्रम रहेको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुँदैछ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.