default_image

3 years ago

August 30, 2021

एमबाप्पे भित्र्याउने प्रयासमा रियलद्वारा १७ खेलाडी प्रयोग

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेलाई अनुबन्ध गर्न लामो समयदेखि प्रयास गर्दै आएको छ । तर पेरिस सेन्ट जर्मेन (पिएसजी) एमबाप्पेलाई नबेच्ने निर्णयमा अडिग रहँदा रियल पटक पटक निराश हुनुपरेको छ । ट्रान्सफर विन्डो बन्द हुन एक दिन बाँकी रहेको अवस्थामा रियल म्याड्रिडले अब अन्तिम प्रयासस्वरूप पिएसजीसामु २ सय मिलियन […]

72 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेलाई अनुबन्ध गर्न लामो समयदेखि प्रयास गर्दै आएको छ । तर पेरिस सेन्ट जर्मेन (पिएसजी) एमबाप्पेलाई नबेच्ने निर्णयमा अडिग रहँदा रियल पटक पटक निराश हुनुपरेको छ ।

ट्रान्सफर विन्डो बन्द हुन एक दिन बाँकी रहेको अवस्थामा रियल म्याड्रिडले अब अन्तिम प्रयासस्वरूप पिएसजीसामु २ सय मिलियन युरोको प्रस्ताव राख्ने तयारी गरेको छ । यसअघि १ सय ७० मिलियन युरो ट्रान्सफर र १० मिलियन बोनससहितको प्रस्ताव पिएसजीले नकारेको थियो । रियलका अध्यक्ष पेरेजले अब बोनसलाई ३० मिलियन पुर्याएर कुल २ सय मिलियनको प्याकेज प्रस्ताव गर्ने तयारी गरेका छन् ।

रियलले एमबाप्पे भित्र्याउन लामो समयदेखि आफ्नो आर्थिक अवस्था सुदृढ पादै आएको थियो । यसक्रममा क्लबले १७ खेलाडी प्रयोग गरेको छ । कसैलाई अन्यत्र बेच्नेदेखि रिलिज गर्नेसम्म भएको छ । कतिपय खेलाडीको सम्झौता नविकरण गरेर तलब घटबढ पनि गरिएको छ । रियलले टोलीलाई अहिले आवश्यक नपरेका तर भविष्य बोकेका खेलाडी लोनमा पनि पठाएको छ ।

रियलले आफ्नो डिफेन्स मजबुत पार्ने क्रममा यसै सिजन बायर्न म्युनिखबाट डेविड अलाबालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्यो । यो स्तरका खेलाडी ट्रान्सफर रकमबिना अनुबन्ध गर्नाले रियलले राम्रो बचत गरेको छ । सँगसँगै मोटो तलब बुझ्दै आएका निवर्तमान कप्तान सर्जियो रामोस पनि फ्रि ट्रान्सफरमा पिएसजी पुगे ।

रियलले हाल क्लबमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका ८ खेलाडीसँग नयाँ सम्झौता गरेको छ । यसको मतलब अबको केहि वर्ष क्लबले आर्थिक रुपमा धेरै टाउको दुखाउनु पर्ने छैन । त्यसैले पनि रियल एमबाप्पे अनुबन्धका लागि खुलेर खर्च गर्न सक्ने अवस्थामा छ ।

रियलले लुका मोड्रीच (२०२२), लुकास भाज्केज (२०२४), नाचो फर्नान्डेज (२०२३), ड्यानी कार्भाजल (२०२५), थिबाउट कोर्टुवा (२०२६), करीम बेन्जेमा (२०२३), फेडे भालभर्डे (२०२७) र क्यासेमिरो (२०२५) सँग नयाँ सम्झौता गरेको हो । यसले रियलसँग योजना अघि बढाउन भरपुर समय दिएको छ ।

यसबाहेक रियलले दुई खेलाडीलाई अन्यत्र बेचेको पनि छ । डिफेन्डर राफाएल भारान र मिडफिल्डर मार्टिन ओडेगार्ड प्रिमियर लिगमा अनुबन्ध हुँदा क्लबले राम्रो ट्रान्सफर रकम आर्जन गरेको छ । रियलले अझै केहि खेलाडीलाई बेच्ने सम्भावना पनि छ ।

एमबाप्पेको आगमनले रियल आक्रमणमा रोड्रीगो, मार्को एसेन्सियो वा इडेन हाजार्डमा एकलाई बेच्न सक्ने अवस्थामा पुग्छ । यसैपनि ग्यारेथ बेल, लुका जोभिच, इस्को र मारियानोमा एक वा दुई खेलाडीले क्लब छाड्नुपर्ने हुन्छ ।

रियलले युवा विंगर ब्राजिम डियाज र ताकेफुसा कुबोलाई लोनमा पठाएको छ । भिक्टर चुस्ट र अल्भारो ओड्रीओजोला पनि लोनमा बाहिरिएका छन् । विशेषगरी ओड्रीओजोला फिओरेन्टिना गएसँगै रियलको टोलीमा एक स्थान खाली भएको छ । र उक्त स्थानमा एमबाप्पे ल्याउन क्लबले हरप्रयास गरिरहेको छ ।

यो पनि : रोनाल्डोले जर्सी नम्बर ७ नै लगाउने सम्भावना

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.