default_image

3 years ago

August 31, 2021

बार्सिलोनाका ब्राजिली डिफेन्डर टोटेनहम जाने

एजेन्सी – ब्राजिली युवा डिफेन्डर इमर्सन रोयल क्याटलान क्लब बार्सिलोनाबाट इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्ध हुने पक्का भएको छ । टोटेनहमले इमर्सनलाई २६ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्ने योजना बनाएको छ । टोटेनहमले इमर्सन अनुबन्धनका लागि बार्सिलोनालाई २१ मिलियन पाउन्ड र ५ मिलियन बोनस दिनेछ । इमर्सनले पछिल्लो दुई सिजन रियल बेटिसमा लोनमा […]

73 views

0 Bookmark

एजेन्सी – ब्राजिली युवा डिफेन्डर इमर्सन रोयल क्याटलान क्लब बार्सिलोनाबाट इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्ध हुने पक्का भएको छ ।

टोटेनहमले इमर्सनलाई २६ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्ने योजना बनाएको छ । टोटेनहमले इमर्सन अनुबन्धनका लागि बार्सिलोनालाई २१ मिलियन पाउन्ड र ५ मिलियन बोनस दिनेछ ।

इमर्सनले पछिल्लो दुई सिजन रियल बेटिसमा लोनमा बिताएका थिए । उनी यसै समरमा बार्सिलोनामा फर्किएका थिए । उनले बार्सिलोनामै बस्ने चाहना राखेपनि आर्थिक अवस्थाका कारण क्लबले उनलाई बेच्ने निर्णय गरेको हो ।

इमर्सन सन् २०१९ जनवरीमा ब्राजिली क्लब एट्लेटिको मिनेइरोबाट बार्सिलोनामा आबद्ध भएका थिए । त्यसपछि उनले साँढे दुई सिजन लोनमा रियल बेटिसमा बिताएका थिए । उनले बार्सिलोनाबाट यस सिजन मात्रै तीन खेलमा अवसर पाएका छन् । रियल बेटिसबाट इमर्सनले ७९ खेलमा ५ गोल गरेका छन् । उनले ब्राजिलबाट ४ खेल खेलेका छन् ।

टोटेनहमका प्रशिक्षक नुनो स्पिरिटो सान्टोले प्रिमियर लिगको सुरुवाती तीन खेलमा जाफेट टाङगांगालाई पहिलो रोजाईमा खेलाइरहेका छन् । माट डोहर्टि र सर्ज औरिएर बेन्चमा सीमित बनेका छन् । सर्ज यसै ट्रान्सफरमा अन्यत्र जाने देखिन्छ । इमर्सनले उक्त पोजिसनका लागि मिहेनत गर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय ब्रेकअघि टोटेनहम एक गोल पनि नखाँदै लगातार तेस्रो जित निकाल्दै प्रिमियर लिगको शीर्षस्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.