default_image

3 years ago

August 31, 2021

एमबाप्पेको ट्रान्सफर – कठीन, तर असम्भव छैन

एजेन्सी – महिनौं लामो छलफल पछि पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे रियल म्याड्रिड जाने नजाने तय भएको छैन । सरुवा बजार बन्द हुन केहि घण्टामात्र बाँकी रहँदा रियलका समर्थकले एमबाप्पे आबद्ध हुने आशा छाडिसकेकेको अनुमान गरिएको छ । यद्दपी रियल भने अझै पनि एमबाप्पेलाई यहि सिजन क्लबमा भित्र्याउनका लागि दृढ […]

121 views

0 Bookmark

एजेन्सी – महिनौं लामो छलफल पछि पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे रियल म्याड्रिड जाने नजाने तय भएको छैन । सरुवा बजार बन्द हुन केहि घण्टामात्र बाँकी रहँदा रियलका समर्थकले एमबाप्पे आबद्ध हुने आशा छाडिसकेकेको अनुमान गरिएको छ ।

यद्दपी रियल भने अझै पनि एमबाप्पेलाई यहि सिजन क्लबमा भित्र्याउनका लागि दृढ देखिएको छ । त्यसका लागि समय भने धेरै बाँकी रहेको छैन । अन्तिम समयसम्म पनि सम्झौता हुनेमा टोली आशावादी देखिएको छ । अन्तिम दिन भएकाले सम्झौताका लागि केहि जटिलता पनि देखिएको छ ।

एमबाप्पे अनुबन्धमा सफल हुन नसकेपनि पिएसजीले भित्राउनका चाहेका फ्रान्सेली युवा मिडफिल्डर इडिवार्डो कामाभिङ्गा रियल आबद्ध हुने क्रममा रहेका छन् । त्यसमा पिएसजीको प्रतिक्रिया कस्तो रहन्छ भन्ने चासो छ ।

यसपटकको युरोपेली ट्रान्सफर बजार मंगलबार मध्यरातमा बन्द हुनेछ । त्यसैले आउने केहि घण्टा एमबाप्पे र रियलका लागि महत्त्वपूर्ण हुनेछ । रियलका प्रतिनिधिले सोमबार पिएसजीका अधिकारीहरुसँग छलफल गरेपनि सहमति हुन सकेन । रियलका अध्यक्ष फ्लोरेन्टिनोले १ सय ७० मिलियन र थप १० मिलियनबाहेक अर्को प्रस्ताव नगर्ने बताएका छन् ।

रियल अब फ्रान्सेली टोलीको प्रतिक्रिया कुरिरहेको छ । यदि यो पटक सम्भव भएन भने पनि अर्को वर्ष एमबाप्पेको सम्झौता सकिएपछि भित्राउनेमा रियल पुग्न सक्नेछ । यसका लागि रियलले जनवरीमा नै एमबाप्पेसँग सम्झौता गरेर जुनमा अनुबन्ध गर्न पाउनेछ ।

एमबाप्पे छाड्न चाहन्छन्

एमबाप्पेले आफूले रियल जान चाहेको बताइसकेका छन् । उनी पनि मंगलबारको अवस्था धैर्यतापूर्वक पर्खिरहेका हुनेछन् । तर पिएसजी भने अझै पनि उनलाई मनाउन सकिन्छ कि भन्नेमा आशावादी छ ।

यदि सम्झौता सम्भव भएन भने पनि एमबाप्पे र रियल धेरै चिन्तित हुने छैनन् । एमबाप्पलेले पिएसजीका लागि गोल गरिरहने छन् । अहिले सम्भव नभएपनि अर्को वर्ष एमबाप्पेलाई भित्राउन सकिनेमा रियल ढुक्क छ । एमबाप्पेले पिएसजीका नविकरणका लागि गरेको अहिले सम्मको सबै प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

त्यसका आधारमा पनि रियल यसपटक नभएपनि अर्को पटक उनलाई भित्राउन सकिन्छ भन्नेमा विश्वस्त छ । मंगलबार मध्यरातमा सहमति हुन सकेन भने एमबाप्पले जनवरीमा रियलसँग पूर्व सम्झौता गर्न सक्नेछन् । त्यसपछि कम्तीमा २०२२-२३ को सिजन पछि पाँच वा त्यो भन्दा बढी वर्ष उनी रियलमा हुनेछन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.