default_image

3 years ago

September 4, 2021

राष्ट्रिय टोलीमा किरण : डेब्युदेखि ७३औं खेलसम्म

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउने संघारमा छन् । विहीबार भारतविरुद्ध ७३ औं खेल खेल्दै उनले विराज महर्जनको नाममा रहेको कीर्तिमान बराबरी गरे । आइतबार मैदान उत्रिए उनले ७४ औं क्यापसँगै कीर्तिमान आफ्नो नाम गर्नेछन् । ३१ वर्षीय गोलरक्षकले सन् २००८ मा एएफसी […]

42 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउने संघारमा छन् । विहीबार भारतविरुद्ध ७३ औं खेल खेल्दै उनले विराज महर्जनको नाममा रहेको कीर्तिमान बराबरी गरे । आइतबार मैदान उत्रिए उनले ७४ औं क्यापसँगै कीर्तिमान आफ्नो नाम गर्नेछन् ।

३१ वर्षीय गोलरक्षकले सन् २००८ मा एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । तर डेब्यु खेलको २४ औं मिनेटमा नै विपक्षी खेलाडीसँग जुध्दा बंगारा फुस्किएपछि उनले मैदान छाड्नुपर्यो । त्यसको ९ महिनापछि टोलीमा पुनरागमन गरेका उनले दोस्रो क्याप पाउन भने झन्डै ३ वर्ष प्रतीक्षा गर्नुपर्यो ।

सन् २०११ मा भुटानविरुद्ध मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीको सुरुवाती रोजाइमा परेका किरणले त्यसपछि फर्केर हेर्नु परेन । पछिल्लो एक दशक उनले राष्ट्रिय टोलीको पहिलो रोजाइको गोलरक्षकको रुपमा नै खेलेका छन् । यसक्रममा उनले २४ खेलमा कुनै गोल खाएका छैनन् । ७३ मध्य ७२ खेलमा उनी पहिलो रोजाइमा खेलेका छन् । किरणले खेलेका खेलमा नेपालले १७ जित, १९ बराबर र ३७ हार बेहोरेको छ ।

आफ्नो तेस्रो खेलमा भुटानविरुद्ध पहिलो हाफ मात्र खेलेका थिए । केहि खेल विदेशी क्लबको खेलसँग जुध्दा गुमाउनु परेका उनले सन् २०१५ मा विकेश कुथुले डेब्यु गर्दाबाहेक लगातार पहिलो रोजाइमा खेले । सन् २०१५ को साफअघि प्रशिक्षक प्याट्रिक अजेम्सले बंगलादेशविरुद्ध ढाकामा भएको मैत्रीपूर्ण खेलमा विकेशलाई खेलाएका थिए । दोस्रो हाफमा विकेशको स्थानमा किरण मैदान प्रवेश गरेका थिए ।

सन् २०१६ को जनवरीमा बंगबन्धु गोल्डकपमा नेपालले उपाधि जित्दा युवा टोलीलाई अवसर दिइएको थियो । त्यसबेला किरण टोलीमा नहुँदा विकेशले तीन खेल खेलेका थिए । त्यसपछि सन् २०१६ कै नोभेम्बरमा नेपालले सोलिडारिटी कप जित्दा किरणको प्रदर्शन उत्कृष्ट रहयो । सेमिफाइनलमा लाओसविरुद्ध टाइब्रेकरमा ३-० को जित हासिल गर्दा किरणले विपक्षीको तीन प्रहार नै विफल पारेका थिए ।

त्यस्तै सन् २०१७ मा पनि विश्वकप छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध ७५ औं मिनेटमा किरणको स्थानमा विकेश मैदान प्रवेश गरेका थिए । सन् २०१८ मा उनले बंगलादेशमा भएको बंगबन्धु कप नखेल्दा विकेशले पोस्ट सम्हाल्ने अवसर पाएका थिए । यसबाहेक किरणले राष्ट्रिय टोलीमा खेलेका हरेक खेलमा ९० मिनेट पूरा खेलेका छन् ।

किरणले सन् २०१८ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध राष्ट्रिय टोलीको कप्तानी गरेका थिए । त्यसयता उनले १६ खेलमा टोलीको कप्तानी सम्हालेका छन् । किरणकै कप्तानीमा नेपालले गतवर्ष नेपालमा आयोजित थ्री नेसन्स कपको उपाधि जितेको थियो ।

किरणले नेपालका लागि खेल्दा थुप्रै यादगार खेल खेलेका छन् । सिनियर टोली नभएपनि सन् २०१८ को एसियाली खेलकुद दौरान जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै सन् २०१२ मा नेहरु कपमा भारतविरुद्ध उनको प्रदर्शन उत्कृष्ट थियो । सन् २०१३ को साफ च्याम्पियनसिपमा अफगानिस्तानविरुद्ध सेमिफाइनलमा किरणकै गल्तीले नेपाल खेलको निर्णायक गोल खान पुगेको थियो । त्यो गोल सम्भवत उनको करिअरकै खराब क्षणमा पर्दछ ।

राष्ट्रिय टोलीबाट किरणको विस्तृत खेल विवरण :

डेब्यु खेल – सन् २००८ मे २४ एएफसी च्यालेन्ज कप छनोट विरुद्ध मकाउ ३-२ को जितमा (२४ औं मिनेटमा घाइते हुँदै बाहिर)

दोस्रो खेल – सन् २०११ मार्च १७ पोखरा (मैत्रीपूर्ण), विरुद्ध भुटान १–० जित

तेस्रो खेल – सन् २०११ मार्च १९ पोखरा (मैत्रीपूर्ण) विरुद्ध भुटान २–१ जित

चौथो खेल – सन् २०११ अप्रिल ७ एएफसी च्यालेन्जकप छनोट विरुद्ध अफगानिस्तान १–० जित

पाँचौ खेल – सन् २०११ अप्रिल ९ एएफसी च्यालेन्जकप छनोट विरुद्ध उत्तर कोरिया ०–१ हार

छैटौं खेल – सन् २०११ अप्रिल ११ एएफसी च्यालेन्जकप छनोट विरुद्ध विरुद्ध श्रीलंका ०–० बराबर

सातौं खेल – सन् २०११ जुन २९ फिफा २०१४ विश्वकप छनोट विरुद्ध इस्ट टिमोर २–१ जित

आठौं खेल – सन् २०११ जुलाई २ फिफा २०१४ विश्वकप छनोट विरुद्ध इस्ट टिमोर ५–० जित

नवौं खेल – सन् २०११ जुलाई २३ फिफा २०१४ विश्वकप छनोट, विरुद्ध जोर्डन ०–९ हार

दशौं खेल – सन् २०११ जुलाई २८ फिफा २०१४ विश्वकप छनोट विरुद्ध जोर्डन १–१ बराबर

११ औं खेल – सन् २०११ अक्टुबर ११ मैत्रीपूर्ण खेल विरुद्ध फिलिपिन्स ०–४ हार

१२ औं खेल – सन् २०११ डिसेम्बर २ साफ च्याम्पियनसिप विरुद्ध माल्दिभ्स १–१ बराबर

१३ औं खेल – सन् २०११ डिसेम्बर ४ साफ च्याम्पियनसिप विरुद्ध बंगलादेश १–० जित

१४ औं खेल – सन् २०११ डिसेम्बर ६ साफ च्याम्पियनसिप विरुद्ध पाकिस्तान १-१ बराबर

१५ औं खेल – सन् २०११ डिसेम्बर ९ साफ च्याम्पियनसिप सेमिफाइनल विरुद्ध अफगानिस्तान ०–१  हार

१६ औं खेल – सन् २०१२ मार्च ८ एएफसी च्यालेन्जकप, काठमाडौं विरुद्ध प्लालेस्टाइन ०–२ हार

१७ औं खेल – सन् २०१२ मार्च एएफसी च्यालेन्जकप, काठमाडौं विरुद्ध तुर्कमेनिस्तान ०–३ हार

१८ औं खेल – सन् २०१२ अगष्ट नेहरु कप, भारत विरुद्ध भारत ०-० बराबर

१९ औं खेल – सन् २०१२ अगष्ट नेहरु कप, भारत विरुद्ध सिरिया ०-२ हार

२० औं खेल – सन् २०१२ सेप्टेम्बर २०, मैत्रीपूर्ण खेल विरुद्ध बंगलादेश १–१ बराबर

२१ औं खेल – सन् २०१३ फेब्रुअरी ६ मैत्रीपूर्ण खेल विरुद्ध पाकिस्तान ०–१ हार

२२ औं खेल – सन् २०१३ फेब्रुअरी ९ मैत्रीपूर्ण खेल विरुद्ध पाकिस्तान ०–१ हार

२३ औं खेल – सन् २०१३ फेब्रुअरी २ एएफसी च्यालेन्जकप २०१४ छनोट विरुद्ध नर्दन मरियाना आइल्यान्ड ६–० जित

२४ औं खेल – सन् २०१३ फेब्रुअरी ४ एएफसी च्यालेन्जकप २०१४ छनोट विरुद्ध बंगलादेश ०-२ हार

२५ औं खेल – सन् २०१३ फेब्रुअरी ६ एएफसी च्यालेन्जकप २०१४ विरुद्ध प्यालेस्टाइन ०–० बराबर

२६ औं खेल – सन् २०१३ अगष्ट ३१ आठौं साफ च्याम्पियनसिप २०१३ विरुद्ध बंगलादेश २–० जित

२७ औं खेल – सन् २०१३ सेप्टेम्बर ३ आठौं साफ च्याम्पियनसिप २०१३ विरुद्ध पाकिस्तान १–१ बराबर

२८ औं खेल – सन् २०१३ सेप्टेम्बर ५ आठौं साफ च्याम्पियनसिप २०१३ विरुद्ध भारत २–१ जित

२९ औं खेल – सन् २०१३ सेप्टेम्बर ८ आठौं साफ च्याम्पियनसिप २०१३ सेमिफाइनल विरुद्ध अफगानिस्तान ०-१ हार

३० औं खेल – सन् २०१३ नोभेम्बर १९ मैत्रीपूर्ण विरुद्ध भारत ०-२ हार

३१ औं खेल – सन् २०१४ मार्च २५ मैत्रीपूर्ण विरुद्ध यमन ०-२ हार

३२ औं खेल – सन् २०१४ अप्रिल ११ मैत्रीपूर्ण फिलिपिन्स ०-३ हार

३३ औं खेल – सन् २०१४ जुन २५ मैत्रीपूर्ण इन्डोनेसिया ०-२ हार

३४ औं खेल – सन् २०१४ अक्टोबर ३१ मैत्रीपूर्ण फिलिपिन्स ०-३ हार

३५ औं खेल – सन् २०१५ मार्च १२ फिफा २०१८ विश्वकप छनोट भारत ०-२ हार

३६ औं खेल – सन् २०१५ मार्च १७ फिफा २०१८ विश्वकप छनोट भारत ०-० बराबर

३७ औं खेल – सन् २०१५ अगष्ट ३१ मैत्रीपूर्ण विरुद्ध भारत ०-० बराबर

३८ औं खेल – सन् २०१५ डिसेम्बर १७ विरुद्ध बंगलादेश ०-१ हार

३९ औं खेल – सन् २०१५ डिसेम्बर २३ साफ च्याम्पियनसिप २०१५ विरुद्ध श्रीलंका ०-१ हार

४० औं खेल -सन् २०१५ डिसेम्बर २७ साफ च्याम्पियनसिप २०१५ विरुद्ध नेपाल १-४  हार

४१ औं खेल – सन् २०१६ मे १६ मैत्रीपूर्ण विरुद्ध लाओस लाओस १-१ बराबर

४२ औं खेल – सन् २०१६ नोभेम्बर ५ एएफसी सोलिडारिटी कप विरुद्ध टिमोर लेस्टे ०-० बराबर

४३ औं खेल – सन् २०१६ नोभेम्बर ८ एएफसी सोलिडारिटी कप विरुद्ध ब्रुनाई ३-० जित

४४ औं खेल – सन् २०१६ नोभेम्बर १२ एएफसी सोलिडारिटी कप सेमिफाइनल विरुद्ध लाओस २-२ (पेनाल्टीमा ३-० जित)

kiran-chemjong

४५ औं खेल – सन् २०१६ नोभेम्बर १५ एएफसी सोलिडारीटी कप फाइनल विरुद्ध मकाउ १-० जित [नेपालले सोलिडारिटी कप उपाधि जितेको]

४६ औं खेल – सन् २०१७ मार्च २८ एएफसी एसियन कप छनोट १-४ हार

४७ औं खेल – सन् २०१७ जुन ६ मैत्रीपूर्ण विरुद्ध भारत ०-२ हार

४८ औं खेल – सन् २०१७ जुन १३ एसियन कप छनोट विरुद्ध यमन ०-० बराबर

४९ औं खेल – सन् २०१७ सेप्टेम्बर ५ एसियन कप छनोट विरुद्ध ताजिकिस्तान १-२ हार

५० औं खेल – सन् २०१७ अक्टोबर १० एसियन कप छनोट विरुद्ध ताजकिस्तान ०-३ हार

५१ औं खेल – सन् २०१७ नोभेम्बर १४ एसियन कप छनोट विरुद्ध फिलिपिन्स ०-० बराबर

५२ औं खेल – सन् २०१८ मार्च २७ एसियन कप छनोट विरुद्ध यमन ०-२ हार

५३ औं खेल – सन् २०१८ सेप्टेम्बर ४ साफ च्याम्पियनसिप २०१८ विरुद्ध पाकिस्तान १-२ हार

५४ औं खेल – सन् २०१८ सेप्टेम्बर ६ साफ च्याम्पियनसिप २०१८ विरुद्ध भुटान ४-० जित [पहिलो पटक कप्तानी]

५५ औं खेल – सन् २०१८ सेप्टेम्बर १२ साफ च्याम्पियनसिप २०१८ सेमिफाइनल विरुद्ध माल्दिभ्स ०-३ हार

५६ औं खेल – सन् २०१९ मार्च २१ मैत्रीपूर्ण विरुद्ध कुवेत ०-० बराबर

५७ औं खेल – सन् २०१९ मार्च २५ मैत्रीपूर्ण विरुद्ध कुवेत ०-१ हार

५८ औं खेल – सन् २०१९ जुन २ मैत्रीपूर्ण विरुद्ध मलेसिया ०-२ हार

५९ औं खेल – सन् २०१९ जुन ६ मैत्रीपूर्ण विरुद्ध चाइनिज ताइपेइ १-१ बराबर

६० औं खेल – सन् २०१९ सेप्टेम्बर ५ विश्वकप छनोट विरुद्ध कुवेत ०-७ हार

६१ औं खेल – सन् २०१९ सेप्टेम्बर १० विश्वकप छनोट विरुद्ध चाइनिज ताइपेइ २-० जित

६२ औं खेल – सन् २०१९ अक्टोबर १० विश्वकप छनोट विरुद्ध अष्ट्रेलिया ०-५ हार

६३ औं खेल – सन् २०१९ अक्टोबर १५ विश्वकप छनोट विरुद्ध जोर्डन ०-३ हार

६४ औं खेल – सन् २०१९ नोभेम्बर १९ विश्वकप छनोट विरुद्ध कुवेत ०-१ हार

६५ औं खेल – सन् २०२० नोभेम्बर १३ मैत्रीपूर्ण विरुद्ध बंगलादेश ०-२ हार

६६ औं खेल – सन् २०२० नोभेम्बर १७ मैत्रीपूर्ण विरुद्ध बंगलादेश ०-० बराबर

६७ औं खेल – सन् २०२१ मार्च २७ मैत्रीपूर्ण/ थ्री नेसन्स विरुद्ध बंगलादेश ०-० बराबर

६८ औं खेल – सन् २०२१ मार्च २९ मैत्रीपूर्ण/ थ्री नेसन्स विरुद्ध बंगलादेश २-१ जित [नेपालले थ्री नेसन्स उपाधि जितेको ]

६९ औं खेल – सन् २०२१ मे २९ मैत्रीपूर्ण विरुद्ध इराक २-६ हार

७० औं खेल – सन् २०२१ जुन ३ विश्वकप छनोट विरुद्ध चाइनिज ताइपेइ २-० जित

७१ औं खेल – सन् २०२१ जुन ७ विश्वकप छनोट विरुद्ध जोर्डन ०-३ हार

७२ औं खेल – सन् २०२१ जुन ११ विश्वकप छनोट विरुद्ध अष्ट्रेलिया ०-३ हार

७३ औं खेल – सन् २०२१ सेप्टेम्बर २ मैत्रीपूर्ण खेल विरुद्ध भारत १-१ बराबर

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.