default_image

3 years ago

August 31, 2021

रोनाल्डोको युनाइटेड ट्रान्सफर फर्गुसनप्रति समर्पित

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा फर्कने निर्णय आफ्ना पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनलाई समर्पित गरेका छन् । रोनाल्डोले युभेन्टस छाड्ने निर्णय गरेपछि उनको नाम युनाइटेडको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग पनि जोडिएको थियो । तर रोनाल्डोले आफ्नो युनाइटेडप्रतिको प्रेमलाई पुष्टि गर्दै आफ्नो पूर्व क्लबमा फर्किए । रोनाल्डोले सामाजिक संजालमा लेख्दै आफू युनाइटेड फर्कनुको […]

49 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा फर्कने निर्णय आफ्ना पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनलाई समर्पित गरेका छन् ।

रोनाल्डोले युभेन्टस छाड्ने निर्णय गरेपछि उनको नाम युनाइटेडको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग पनि जोडिएको थियो । तर रोनाल्डोले आफ्नो युनाइटेडप्रतिको प्रेमलाई पुष्टि गर्दै आफ्नो पूर्व क्लबमा फर्किए । रोनाल्डोले सामाजिक संजालमा लेख्दै आफू युनाइटेड फर्कनुको कारण प्रष्ट पारेका छन् । उनले क्लबमा आफ्नो यात्रा सुरु हुँदाको विशेष क्षणहरु दोहोर्याउने लक्ष्यसहित फर्किएको बताएका छन् ।

‘जसले मलाई चिन्छ, उसलाई मेरो म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमबारे थाहा छ । मैले यस क्लबमा बिताएको समय उत्कृष्ट थिए । र हामीले एकसाथ तय गरेका यात्रा यो विशाल क्लबको इतिहासमा स्वर्ण अक्षरले कुँदिएको छ ।’

‘म ओल्ड ट्राफर्ड फर्किएको खबर विश्वभर फैलिरहँदा यो भाव व्यक्त गर्न सकिरहेको छैन । यो मेरो लागि सपना पूरा भएजस्तै हो । म विपक्षीको रुपमा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दापनि मैले युनाइटेड समर्थकबाट निरन्तर माया र सम्मान पाइरहें । यो शत प्रतिशत सपनामा लेखिएको कथाझैं लागेको छ ।’

‘मेरो पहिलो लिग उपाधि, मेरो पहिलो कप उपाधि, राष्ट्रिय टोलीमा पहिलो पटक बोलावट, मेरो पहिलो च्याम्पियन्स लिग उपाधि, मेरो पहिलो गोल्डेन बुट र मेरो पहिलो ब्यालोन डी’ओर, यो सबै मेरो यसै क्लबसँगको विशेष सम्बन्धका कारण सम्भव भएको थियो ।’

‘विगतमा पनि इतिहास लेखिएको थियो, र अब फेरिपनि इतिहास लेखिनेछ । यो मेरो वचन भयो । म यहीं छु जहाँ म हुनुपर्ने थियो । फेरी एकपटक हामी पुरानो सफलता फर्काउन लागौं ।’

‘सर एलेक्स – यो तपाईंका लागि हो..’

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.