default_image

3 years ago

August 31, 2021

भुटानी स्टार चेन्चो केरला ब्लास्टरमा अनुबन्धित

एजेन्सी – भुटानी गोल मेसिन चेन्चो ग्याल्सेन (सिजी सेभेन) इन्डियन सुपर लिग (आइएसएल) क्लब केरला ब्लास्टरमा अनुबन्धित भएका छन् । केरला ब्लास्टरले नयाँ सिजनको लागि भुटानी रोनाल्डोको उपनाम पाएको चेन्चोलाई अन्तर्राष्ट्रिय खेलाडीको एसियन कोटाबाट आइलिग क्लब राउन्ड ग्लास पन्जावबाट अनुबन्ध गर्न सफल भएको हो । २५ वर्षीय चेन्चोले गत सिजन राउन्डग्लास पन्जावका लागि १६ खेल […]

67 views

0 Bookmark

एजेन्सी – भुटानी गोल मेसिन चेन्चो ग्याल्सेन (सिजी सेभेन) इन्डियन सुपर लिग (आइएसएल) क्लब केरला ब्लास्टरमा अनुबन्धित भएका छन् ।

केरला ब्लास्टरले नयाँ सिजनको लागि भुटानी रोनाल्डोको उपनाम पाएको चेन्चोलाई अन्तर्राष्ट्रिय खेलाडीको एसियन कोटाबाट आइलिग क्लब राउन्ड ग्लास पन्जावबाट अनुबन्ध गर्न सफल भएको हो ।

२५ वर्षीय चेन्चोले गत सिजन राउन्डग्लास पन्जावका लागि १६ खेल खेल्दा ६ गोल गरेका थिए । नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले पनि गत सिजन राउन्डग्लास पन्जावबाटै खेलेको थियो । गोलरक्षक किरणले १४ खेल खेल्दा ७ क्लिन सिट राख्न सफल भएका थिए ।

त्यसअघि चेन्चोले भारतीय क्लब मिनेर्भा पन्जाव र बैंग्लुरुबाट पनि खेलिसकेका छन् । चेन्चोले आफ्नो व्यवसायिक खेल करियरमा यो सहित १६ क्लबबाट व्यवसायिक खेल खेल्नेछन् ।

सन् २०११ देखि भुटानको राष्ट्रिय टोलीमा रहेका र हालका कप्तान सकेत रहेका चेन्चोले भुटानबाट ३७ खेलमा १० गोल गरिसकेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.