default_image

3 years ago

August 31, 2021

कामाभिंगा रियलमा अनुबन्धित

एजेन्सी – फ्रान्सका युवा मिडफिल्डर एडुआर्डो कामाभिंगा स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियल म्याड्रिडले फ्रान्सेली क्लब रेन्नेसबाट उनलाई ६ वर्षको सम्झौतामा अनुबन्ध गरेको हो । रियलले कामाभिंगा अनुबन्धका लागि ३० मिलियन युरोको हाराहारीमा खर्च गरेको बुझिएको छ । फ्रान्सकै शीर्ष क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि उनलाई अनुबन्ध गर्ने प्रयास गरेको […]

50 views

0 Bookmark

एजेन्सी – फ्रान्सका युवा मिडफिल्डर एडुआर्डो कामाभिंगा स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियल म्याड्रिडले फ्रान्सेली क्लब रेन्नेसबाट उनलाई ६ वर्षको सम्झौतामा अनुबन्ध गरेको हो ।

रियलले कामाभिंगा अनुबन्धका लागि ३० मिलियन युरोको हाराहारीमा खर्च गरेको बुझिएको छ । फ्रान्सकै शीर्ष क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि उनलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर रियलले पिएसजीलाई पछि पार्दै १८ वर्षीय मिडफिल्डरलाई अनुबन्ध गर्न सफल रहयो ।

कामाभिंगाले फ्रान्सको सिनियर टोलीबाट पनि खेलिसकेका छन् । सन् २०२७ सम्मका लागि अनुबन्धित उनले रियलको सिनियर टोलीबाट नै खेल्नेछन् । प्रशिक्षक कार्लो एन्सेलोटिले उनलाई आफ्नो योजनामा राख्ने बुझिएको छ ।

सेन्टर मिडफिल्डमा हाल क्यासेमिरो, टोनी क्रुस, लुका मोड्रीच, फेडे भालभेर्डे र ड्यानी सेबालोस खेलिरहेका छन् । कामाभिंगाको आगमनसँगै सेबालोसले भने अन्यत्र जाने सम्भावना छ । रियल बेटिसले उनलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । उनले गत सिजन आर्सनलबाट लोनमा खेलेका थिए ।

१८ वर्षीय कामाभिंगाले फ्रान्सको शीर्ष लिगमा ७० खेल खेलिसकेका छन् । उनले व्यावसायिक करिअरमा १ सय बढी खेल खेलेकाले भरपुर अनुभव बटुलेका छन् । फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी र गोलकर्ताको कीर्तिमान पनि उनकै नाममा रहेको छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.