default_image

3 years ago

September 1, 2021

रियलको प्रस्ताव नकारेपछि एमबाप्पे पिएसजीमै रहने

एजेन्सी – युवा स्टार केलियन एमबाप्पेका लागि रियल म्याड्रिडले ट्रान्सफर विन्डोको अन्तिम दिन २ सय २० मिलियनको प्रस्ताव राखेपनि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले त्यसलाई जवाफ नफर्काएपछि एमबाप्पे फ्रान्सेली क्लबमा नै रहने पक्का भएको छ । फ्रान्सेली राष्ट्रिय टोलीबाट विश्वकप जितिसकेका २२ वर्षे फरवार्डलाई यसै सिजन क्लबबाट खेलाउने लक्ष्यका साथ रियलले यसअघिको भन्दा प्रस्तावित रकम […]

47 views

0 Bookmark

एजेन्सी – युवा स्टार केलियन एमबाप्पेका लागि रियल म्याड्रिडले ट्रान्सफर विन्डोको अन्तिम दिन २ सय २० मिलियनको प्रस्ताव राखेपनि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले त्यसलाई जवाफ नफर्काएपछि एमबाप्पे फ्रान्सेली क्लबमा नै रहने पक्का भएको छ ।

फ्रान्सेली राष्ट्रिय टोलीबाट विश्वकप जितिसकेका २२ वर्षे फरवार्डलाई यसै सिजन क्लबबाट खेलाउने लक्ष्यका साथ रियलले यसअघिको भन्दा प्रस्तावित रकम बढाएको थियो । पिएसजीसँगको सम्झौताको अन्तिम सिजनमा रहेका एमबाप्पेलाई रियलले मोटो रकमको प्रस्ताव राखेपनि पिएसजीले पटक पटक अस्वीकार गरेको हो । पिएसजीले एमबाप्पलेलाई क्लबमै राख्न चाहिरहेको छ ।

रियलले यसअघि दुई पटक गरेको प्रस्ताव पनि पिएसजीले नकारेको थियो । अघिल्लो साता १ सय ६० मिलियन युरो र यसै साता १० मिलियन युरो थपेर रियलले प्रस्ताव गरेको थियो । तर, पिएसजीले दुवैमा सकारात्मक प्रतिक्रिया दिएन । पिएसजीले कुनै हालतमा एमबाप्पेलाई विक्री नगर्ने बताएको थियो । तर एमबाप्पेले आग्रह गरेपछि पिएसजीले रियलले आफ्नो सर्त मानेमात्र विक्री गर्ने अडान राखेको थियो ।

पिएसजीले एमबाप्पेलाई नयाँ सम्झौताका लागि पटक पटक प्रस्ताव राखेपनि उनी नविकरण गर्न चाहिरहेका छैनन् । एमबाप्पे रियल म्याड्रिड जानेमा दृढ छन् । यो सिजन सम्भव नभएर अर्को सिजन फ्रि ट्रान्सफरमा उनी रियल जाने योजनामा छन् । रियलले लामो समयदेखि उनलाई अनुबन्ध गर्न खोजेको थियो ।

एमबाप्पे पिएसजीमा रहने पक्का भएसँगै फ्रान्सेली टोलीको आक्रमण निकै बलियो हुने भएको छ । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको आगमन र ब्राजिलियन फरवार्ड नेयमारसँग एमबाप्पेको साझेदारी निसंकोच विश्वकै उत्कृष्टमा पर्नेछ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.