default_image

3 years ago

September 1, 2021

बार्सिलोनाबाट ग्रिजमन फर्काउने एटलेटिकोको प्रयास

एजेन्सी – ट्रान्सफर विन्डोको अन्तिम दिन आश्चर्यजनक निर्णय गर्दै बार्सिलोनाले फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनलाई उनकै पूर्व क्लब एटलेटिको म्याड्रिड पठाउने भएको छ । एटलेटिकोबाट सन् २०१९ मा बार्सिलोना आएका ग्रिजमनलाई क्याटलान क्लबले आर्थिक अवस्था निकै कमजोर भएपछि बेच्नुपर्ने अवस्था आएको हो । त्यसबेला बार्सिलोनाले १ सय २० मिलियन युरोको रिलिज क्लज तिर्दै ग्रिजमनलाई अनुबन्ध गरेको थियो […]

36 views

0 Bookmark

एजेन्सी – ट्रान्सफर विन्डोको अन्तिम दिन आश्चर्यजनक निर्णय गर्दै बार्सिलोनाले फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनलाई उनकै पूर्व क्लब एटलेटिको म्याड्रिड पठाउने भएको छ ।

एटलेटिकोबाट सन् २०१९ मा बार्सिलोना आएका ग्रिजमनलाई क्याटलान क्लबले आर्थिक अवस्था निकै कमजोर भएपछि बेच्नुपर्ने अवस्था आएको हो । त्यसबेला बार्सिलोनाले १ सय २० मिलियन युरोको रिलिज क्लज तिर्दै ग्रिजमनलाई अनुबन्ध गरेको थियो । एटलेटिकोले भने यसपटक अनुबन्ध गर्दा ५० मिलियन युरोको हाराहरीमा ट्रान्सफर सम्पन्न गर्न लागेको स्पेनिस संचारमाध्यमले जनाएका छन् ।

बार्सिलोनाले ग्रिजमनलाई एटलेटिको पठाउँदै सोहि क्लबका पोर्चुगिज फरवार्ड जोआओ फेलिक्स अनुबन्धनको प्रयास गरेको थियो । तर एटलेटिकोले फेलिक्सलाई कुनै हालतमा नबेच्ने बताएको थियो । बार्सिलोनाले त्यसपछि विकल्पको रुपमा आफ्नो ध्यान सेभियाका फरवार्ड लुक डे जोङमा मोडेको थियो । डे जोङको ट्रान्सफर भने सम्पन्न हुने प्रबल सम्भावना रहेको छ ।

मेस्सीले बार्सिलोना छाडेपछि ग्रिजमन नै क्लबमा सर्वाधिक कमाउने खेलाडी रहेका थिए । क्लब आर्थिक रुपमा कमजोर भएपनि ग्रिजमनले आफ्नो तलब घटाउन मानिरहेका थिएनन् । त्यसैले पनि बार्सिलोनाले उनलाई अन्यत्र पठाउने तयारी गरिरहेको थियो ।

बार्सिलोनाले अन्तिम दिन डिफेन्डर एमर्सन रोयल र मिडफिल्डर इलाइस मोरिबालाई पनि बेचेको छ । एमर्सन २५ मिलियन युरोमा टोटेनहम जाँदा मोरिबालाई २२ मिलियनमा आरबी लाइप्जिगमा बेचेको हो । यसबाहेक क्लबले कप्तानद्वय सर्जियो बुस्केट्स र जोर्डी अल्बासँग तलब घटाउन सहमति गरेको छ । यो सहमतिसँगै अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोलाई क्लबले औपचारिक रुपमा दर्ता गरेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.