default_image

3 years ago

September 1, 2021

कोलम्वियन स्टार फल्काओ स्पेन फर्किए

एजेन्सी – कोलम्वियन भेट्रान फरवार्ड राडामेल फल्काओ ८ वर्षपछि स्पेनिस क्लब फुटबलमा फर्किएका छन् । यो सिजनको समर ट्रान्सफरको अन्तिम दिन रायो भालेकानोले ३५ वर्षीय फल्काओलाई टर्किस क्लब गालाटासारेबाट २ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । फल्काओ इटालियन क्लबले अफर गरेपनि स्पेनमा फर्कने निर्णय गरेका हुन् । यससँगै फल्काओ ८ वर्षपछि स्पेनिस क्लब […]

72 views

0 Bookmark

एजेन्सी – कोलम्वियन भेट्रान फरवार्ड राडामेल फल्काओ ८ वर्षपछि स्पेनिस क्लब फुटबलमा फर्किएका छन् । यो सिजनको समर ट्रान्सफरको अन्तिम दिन रायो भालेकानोले ३५ वर्षीय फल्काओलाई टर्किस क्लब गालाटासारेबाट २ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो ।

फल्काओ इटालियन क्लबले अफर गरेपनि स्पेनमा फर्कने निर्णय गरेका हुन् । यससँगै फल्काओ ८ वर्षपछि स्पेनिस क्लब फुटबलमा फर्किएको छ । फल्काओले यसअघि एट्लेटिको म्याड्रिडबाट दुई सिजन २०११ देखि २०१३ सम्म खेलेका थिए । उनले एट्लेटिकोमा दुई सिजनमा ९१ खेलमा ७० गोल गरेका थिए ।

कतार विश्वकप २०२२ खेल्ने योजनामा रहेको फल्काओ राष्ट्रिय टोलीमा पर्न नियमित फुटबल खेल्न चाहन्छन् । गालाटासारे र फल्काओबीच सम्झौता रद्द गर्ने सहमति भएपछि रायो भालेकानोले उनलाई भित्र्याउन सफल भएको हो । फल्काओ २०१९–२० को सिजनमा फ्रान्सेली क्लब मोनाकोबाट गालाटासारे पुगेका थिए । उनले गालाटासारेबाट दुई सिजनमा ४० खेलमा २० गोल गरेका छन् । यो सिजन उनले दुई खेल खेलिसकेका थिए ।

लान्सेरस र अर्जेन्टिनी क्लब रिभर प्लेटबाट युथ करियर निखारेका फल्काओले त्यसपछि उनले पोर्टाे एट्लेटिको म्याड्रिड र मोनाकोबाट व्यवसायिक खेल खेल्दा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीबाट लोनमा खेलिसकेका छन् ।

सन् २००७ देखि कोलम्वियाको राष्ट्रिय टोलीम रहेका फल्काओले ९१ खेलमा ३५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी अहिले दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा लागि टोलीमा रहेका छन् ।

फल्काआले रिभर प्लेटबाट अर्जेन्टिनी प्रिमेरा डिभिजन, पोर्टाेबाट प्रिमेरा लिगा, टाका डि पोर्चुगल र सुपर टाका दुईपटक जित्दा एक पटक युरोपा लिग जितेका छन् । एट्लेटिको म्याड्रिडबाट कोपा डेल रे, युरोपा लिग र युइएफए सुपर कप जितेका छन् । मोनाकोबाट फ्रेन्च लिग वान जितेका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.