default_image

3 years ago

September 1, 2021

मेस्सी र रोनाल्डोदेखि केन र एम्बापपेसम्म : यस्तो रहयो समग्रमा ट्रान्सफर विन्डो

एजेन्सी – गत सिजनको अन्त्यपछि खेलाडीहरु युरो र कोपा अमेरिका लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहँदा ट्रान्सफर विन्डोमा सायदै कसैले यसपाली धेरै हलचल होला भन्ने सोचेका थिए । कोरोना संक्रमणका कारण आएको आर्थिक मन्दीले क्लबहरु निष्क्रिय हुने अनुमान धेरैको थियो । तर चर्चित खेलाडीको स्थानान्तरण हेर्ने हो भने यो सम्भवत इतिहासकै सबैभन्दा चलायमान ट्रान्सफर विन्डो रहयो […]

57 views

0 Bookmark

एजेन्सी – गत सिजनको अन्त्यपछि खेलाडीहरु युरो र कोपा अमेरिका लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहँदा ट्रान्सफर विन्डोमा सायदै कसैले यसपाली धेरै हलचल होला भन्ने सोचेका थिए ।

कोरोना संक्रमणका कारण आएको आर्थिक मन्दीले क्लबहरु निष्क्रिय हुने अनुमान धेरैको थियो । तर चर्चित खेलाडीको स्थानान्तरण हेर्ने हो भने यो सम्भवत इतिहासकै सबैभन्दा चलायमान ट्रान्सफर विन्डो रहयो । आधुनिक फुटबलका दुई सबैभन्दा ठूला स्टार लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले क्लब परिवर्तन गरे । एकातर्फ मेस्सीले झन्डै २ दशकपछि बार्सिलोना छाड्नु आश्चर्यजनक निर्णय रहयो भने रोनाल्डोले युनाइटेड फर्कंदा फुटबल वृत्तमा राम्रै चर्चा बटुल्यो । चेल्सीले पनि बेल्जियन फरवार्ड रोमेलु लुकाकुलाई फिर्ता बोलायो ।

ट्रान्सफर विन्डोको अन्तिम समयमा बार्सिलोनाले एन्टोइन ग्रिजमनलाई एटलेटिको म्याड्रिडमा फिर्ता पठाउनुले पनि क्लबको ट्रान्सफर मैदानभित्र भन्दा बाहिरको कारणले बढी दबाबमा रहेको प्रष्ट भयो । बार्सिलोनाले युवा मिडफिल्डर इलाइस मोरिबा र ब्राजिलियन डिफेन्डर एमर्सन रोयललाई पनि बाध्य भएर अन्तिम दिन बेच्नुपर्यो । क्लबका कप्तानत्रय जेरार्ड पिके, सर्जियो बुस्केट्स र जोर्डी अल्बाले तलब कटाएर खेलाडी दर्ता गर्न सहयोग गरे ।

जति चर्चा ट्रान्सफर हुनेको रहयो, केहि शीर्ष ट्रान्सफर अन्तिम दिनसम्म प्रयासका बाबजुद असफल रहे । रियल म्याड्रिडले पिएसजी फरवार्ड किलीयन एम्बापपेका लागि निकै प्रयास गरेपनि अनुबन्ध गर्न सकेन । अन्तिम दिन विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोको प्रस्ताव पनि पिएसजीले बेवास्ता गर्यो । त्यस्तै टोटेनहमले पनि ह्यारी केनका लागि म्यानचेस्टर सिटीको प्रयास बारम्बार अस्विकार गर्यो ।

यस ट्रान्सफर विन्डोका शीर्ष मुभ :

लिओनेल मेस्सी : बार्सिलोनाबाट पिएसजी

क्रिस्टियानो रोनाल्डो : युभेन्टसबाट म्यानचेस्टर युनाइटेड

एन्टोइन ग्रिजमन : बार्सिलोनाबाट एटलेटिको

एडुआर्डो कामाभिंगा : रेन्नेसबाट रियल म्याड्रिड

एमर्सन रोयल : बार्सिलोनाबाट टोटेनहम

सउल निगुएज : एटलेटिकोबाट चेल्सी

ड्यानीएल जेम्स : म्यानचेस्टर युनाइटेडबाट लिड्स

इलाइस मोरिबा : बार्सिलोनाबाट आरबी लाइप्जिग

मार्सल साबिट्जर : आरबी लाइप्जिगबाट बायर्न म्युनिख

म्याथिअस कुन्हा : बर्लिनबाट एटलेटिको

मार्टिन ओडेगार्ड : रियल म्याड्रिडबाट आर्सनल

म्यानुएल लोकाटेली : सासुओलोबाट युभेन्टस

ट्यामी अब्राहम : चेल्सीबाट रोमा

राफाएल भरान : रियल म्याड्रिडबाट म्यानचेस्टर युनाइटेड

रोमेलु लुकाकु : इन्टर मिलानबाट चेल्सी

क्रिस्टियन रोमेरो : एटलान्टाबाट टोटेनहम

ज्याक ग्रिलिस : एस्टन भिल्लाबाट म्यानचेस्टर सिटी

बेन व्हाइट : ब्राइटनबाट आर्सनल

ब्रायन गिल : सेभियाबाट टोटेनहम

जेडन सान्चो : बोरुसिया डर्टमुन्डबाट म्यानचेस्टर युनाइटेड

जियानलुइजी डोनारुममा : एसी मिलानबाट पिएसजी

रोड्रीगो डे पल : उडीनेजेबाट एटलेटिको

सर्जियो रामोस : रियल म्याड्रिडबाट पिएसजी

अक्रफ हाकिमी : इन्टर मिलानबाट पिएसजी

डायोट उपामेकानो : आरबी लाइप्जिगबाट बायर्न म्युनिख

जिओर्जिनो वाइनाल्डम : लिभरपुलबाट पिएसजी

हाकान चल्हानोग्लु : एसी मिलानबाट इन्टर मिलान

एरिक गार्सिया : म्यानचेस्टर सिटीबाट बार्सिलोना

सर्जियो अगुएरो : म्यानचेस्टर सिटीबाट बार्सिलोना

मेम्फिस डिपाए : लियोनबाट बार्सिलोना

डेविड अलावा : बायर्न म्युनिखबाट रियल म्याड्रिड

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.