default_image

3 years ago

September 1, 2021

नेपाल र भारतबीचको खेलमा दर्शकसहित हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलको पहिलो खेलमा दर्शकसहित खेलाइने भएको छ । तर त्यसका लागि भने दर्शकले केहि शर्त पूरा गरेको हुनुपर्ने बताइएको छ । दशरथ रंगशालामा बुधबार साँझ ५:३० बजे सुरु हुने पहिलो खेल हेर्नका लागि कोरोनाका दुवै खोप लगाएका अथवा पिसिआर परिक्षणबाट नेगेटिभ आएकालाई मात्र प्रवेश दिने अखिल […]

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलको पहिलो खेलमा दर्शकसहित खेलाइने भएको छ । तर त्यसका लागि भने दर्शकले केहि शर्त पूरा गरेको हुनुपर्ने बताइएको छ ।

दशरथ रंगशालामा बुधबार साँझ ५:३० बजे सुरु हुने पहिलो खेल हेर्नका लागि कोरोनाका दुवै खोप लगाएका अथवा पिसिआर परिक्षणबाट नेगेटिभ आएकालाई मात्र प्रवेश दिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दुवै खोप लगाएकाले खोप कार्ड देखाउने तथा खोप नलगाएकाले पिसीआर परिक्षणको रिपोर्ट देखाउनु पर्नेछ । 

सरकारले तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरि तयारी भइरहेको बताइएको छ । एन्फाले पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्वीकृतिका लागि सरकारलाई प्रस्ताव गरेको अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् । मन्त्रालय र प्रशासनबाट आवश्यक स्वीकृति आइसकेक उनले जानकारी दिए । दर्शक प्रवेशका लागि रंगशालाका पाँच वटा गेट प्रयोग गरिने भएको छ । टिकट मूल्य भने आज साँझसम्म तय हुनेछ ।

नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुँदैछ । सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.