default_image

3 years ago

September 1, 2021

नेपालविरुद्ध खेलअघि यसो भन्छन् भारतीय कप्तान र प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल सहज नहुने बताएका छन् । नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच हुने दुई मैत्रीपूर्ण खेलको पहिलो खेल विहीबार दशरथ रंगशालामा हुँदैछ । त्यसको एक दिन अघि बुधबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै कप्तान सुनिलले भने, ‘नेपालसँग खेल्न सधै कठिन हुन्छ । […]

1302 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल सहज नहुने बताएका छन् ।

नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच हुने दुई मैत्रीपूर्ण खेलको पहिलो खेल विहीबार दशरथ रंगशालामा हुँदैछ । त्यसको एक दिन अघि बुधबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै कप्तान सुनिलले भने, ‘नेपालसँग खेल्न सधै कठिन हुन्छ । हामीले पछिल्लो पटक सन् २०१५ मा विश्व कप छनोट खेल्दा गोलरहित बराबरीमा टुंगिएको थियो । त्यो खेलमा पनि हामीलाई सहज थिएन ।’

पछिल्लो पटक खेलेको भन्दा टोलीमा केहि परिवर्तन देखिएपनि नेपाल जहिले चुनौतीपूर्ण रहँदै आएको सुनिल बताए । ‘नेपाली टोलीले बाहिर र घरेलु मैदानमा खेल्दा फरक हुन्छ’, उनले भने, ‘त्यसमा पनि घरेलु मैदानमा खेल्दा उनीहरु फरक हुन्छन् । त्यसैले खेल सजिलो हुनेछैन । तीव्र प्रतिस्पर्धात्मक खेल हुनेछ ।’

सुनिलले मैत्रीपूर्ण खेल आयोजना र व्यवस्थापनका लागि एन्फा र नेपाल सरकारलाई पुनः धन्यवाद दिए । उनले नेपालमा आफ्नो मामाघर र पुर्खा रहेका कारण पनि भावनात्मक रुपमा केहि नजिक रहेको स्वीकारे । तर खेल मैदानमा पसेपछि भने खेलमा त्यसले असर नगर्ने उनको बुझाइ छ ।

भारतीय टोलीका प्रशिक्षकले पनि कोरोनाका कारण उत्पन्न कठीन परिस्थितिमा पनि मैत्रीपूर्ण खेलको अवसरका लागि खुसी रहेको भन्दै धन्यवाद दिएका छन्। उनले आउने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेलले फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

भारतीय प्रशिक्षकले पछिल्लो समय नेपालले प्रदर्शनका सुधार गरिरहेको र आफ्नो नेपाली समकक्षी प्रशिक्षकले टोलीलाई राम्रो गरिरहेको बताए । उनले भने, ‘नेपाली टोलीले रक्षापक्तिमा निकै राम्रो गरेको छ । युवा खेलाडीलाई पनि मौका दिइरहेको छ । हामीले पनि राम्रो तयारी गर्न पाएका छैनौं,’ उनले भने, ‘यसले हाम्रो साफ च्याम्पियनसिपको तयारीमा मदत पुग्नेछ । ‘

प्रशिक्षक स्टिमाच टोलीमा रहेका युवा खेलाडीलाई पनि अवसर दिने बताए । ‘ हामीसँग टोलीमा युवा खेलाडी पनि छन् । सम्भवत सेरीटन फर्नान्डेसले दोस्रो खेलमा डेब्यु गर्नेछन् । उनी टोलीमा भर्खर आएकाले पनि पहिलो खेल नखेल्न सक्छन्। गोलरक्षक धिरज पनि युवा नै छन् । उनलाई हामीले भविष्यको रुपमा लिएका छौं,’ स्टिमाचले भने ।

नेपाल र भारतबीच ६ वर्षपछि पहिलो पटक दशरथ रंगशालामा खेल हुँदैछ । खेल साँझ ५:३० बजे सुरु हुने बताइएको छ । एन्फाले सिमित दर्शकलाई प्रवेश दिनका लागि सरकारबाट स्वीकृति लिएको बताएको छ । कोरानाविरुद्धका दुवै खोप लगाइसकेका वा पिसिआर नेगेटिभ आएकालाई मात्र दशरथ रंगशालामा प्रवेश दिने एन्फाले बताएको छ । एन्फाले ५ हजार १ सय दर्शक प्रवेशका लागि सरकारसँग स्वीकृति मागेको जनाएको छ ।

यो पनि : ‘प्रशिक्षकले बुबा समान व्यवहार गर्नुहुन्छ’ – कप्तान किरण

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.