default_image

3 years ago

September 1, 2021

‘हामी जितको लागि खेल्छौं’ – प्रशिक्षक अलमुताइरी

काठमाडौं (हाम्रो खेलकुद)– भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीले जितका लागि खेल्ने र गर्व गर्नलायक प्रदर्शन गर्ने मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् । नेपाल र भारतबीच दुई मैत्रीपर्ण खेलको पहिलो खेल बुधबार साँझ ५:३० बजे दशरथ रंगशालामा हुँदैछ । खेलको अघिल्लो दिन बुधबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै अलमुताइरीले भने, ‘समर्थक लागि खुसी होइन गर्व गर्न […]

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीले जितका लागि खेल्ने र गर्व गर्नलायक प्रदर्शन गर्ने मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् ।

नेपाल र भारतबीच दुई मैत्रीपर्ण खेलको पहिलो खेल बुधबार साँझ ५:३० बजे दशरथ रंगशालामा हुँदैछ । खेलको अघिल्लो दिन बुधबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै अलमुताइरीले भने, ‘समर्थक लागि खुसी होइन गर्व गर्न लायक प्रदर्शन गर्नेछौं । यो दुई खेल सबैले यो खेल हेर्ने छन् । हामी इतिहास हरेर होइन भविष्यका लागि खेल्नेछौं ।’

अलमुताइरीले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभएपनि त्यसले असर नपर्ने बताए । ‘विगतको नतिजा हेर्दा हामीले भारतविरुद्ध २ जित मात्र हासिल गरेका रहेछौं । तर त्यसले यो दुई खेलमा असर गर्दैन । हामी भविष्यलाई ध्यानमा राखेर तयारी गरिरहेका छौं । यो दुवै खेलमा जित हासिल गर्ने नै लक्ष्य हुनेछ,’ उनले थपे ।

छ महिना अघि नेपाली टोली सम्हालेका अलमुताइरीको प्रशिक्षणमा नेपाली टोलीले पहिलो पटक दशरथ रंगशालमा खेल्दैछ । ‘नेपालमा त्यो पनि भारतविरुद्ध पहिलो पटक खेल्न पाउँदा खुसी छौं । भारत निकै बलियो टोली हो । वरियतामा हामी भन्दा धेरै माथि छन् । तर हामी उनीहरुलाई सजिलै खेल्न दिने छैनौं,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले भारतलाई दुई मैत्रीपूर्ण खेलमा हराउन सकेको खण्डमा फिफा वरियतामा ७ देखि १० स्थान उक्लने सम्भावना रहेको जनाउँदै भने, ‘वरीयतामा पनि असर पर्ने हुनाले हामी बराबरीका लागि होइन जित्नका लागि खेल्ने छौं ।’

भारतविरुद्ध रक्षात्मक रणनीतिमा नखेल्ने र नयाँ खेलाडीले पनि मौका पाउने उनले बताए । उनले टोलीको मानसिकतामा परिवर्तन गरेको दाबी गरे । उनले भने, ‘मानसिकतामा परिवर्तन नहुँदा सम्म कहि पुगिन्न । उनले साफ र एसिया कप तयारीलाई मध्यनजर गर्दै टोलीको तयारी भइरहेको पनि बताए ।’

यो पनि : यस्तो छ नेपालविरुद्ध खेल्ने भारतको टोली

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.