default_image

3 years ago

September 1, 2021

‘प्रशिक्षकले बुबा समान व्यवहार गर्नुहुन्छ’ – कप्तान किरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीलाई मानसिक रुपमा बलियो बनाउँदै बुबाजस्तो व्यवहार गरेको बताएका छन् । भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमध्य विहीबार हुने पहिलो खेलअघि बोल्दै कप्तान किरणले टोलीको तयारी राम्रो रहेको बताए । ‘१३ वर्ष राष्ट्रिय टोलीको अनुभवमा धेरै प्रशिक्षकसँग काम गरे । हामी पहिला शारीरिक रुपमा मात्र बलिया थियौं’, अलमुताइरीको तारिफमा उनले भने, ‘ अहिले हामीलाई उहाँले मानसिक रुपमा पनि बलियो […]

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीलाई मानसिक रुपमा बलियो बनाउँदै बुबाजस्तो व्यवहार गरेको बताएका छन् ।

भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमध्य विहीबार हुने पहिलो खेलअघि बोल्दै कप्तान किरणले टोलीको तयारी राम्रो रहेको बताए । ‘१३ वर्ष राष्ट्रिय टोलीको अनुभवमा धेरै प्रशिक्षकसँग काम गरे । हामी पहिला शारीरिक रुपमा मात्र बलिया थियौं’, अलमुताइरीको तारिफमा उनले भने, ‘ अहिले हामीलाई उहाँले मानसिक रुपमा पनि बलियो बनाउनुभएको छ । हाम्रो प्रशिक्षक मात्र होइनन्, बाबु समान व्यवहार गर्नुहुन्छ । टोलीको मनोबल पनि उच्च छ ।’

किरणले दुई महिनादेखि टोली तयारीमा रहेकोले शारीरिक रुपमा पनि राम्रो अवस्थामा रहेको बताउँदै घरेलु मैदानमा भारतविरुद्ध खेल्न पाउनुले आउने साफ च्याम्पियनसिपका लागि राम्रो तयारी हुने बताए । ‘यो हाम्रो लागि राम्रो मौका हो । साफ खेल्नुअघि हाम्रो बलियो र कमजोर पक्ष थाहा पाउन यसले मद्दत गर्नेछ’, किरणले भने, ‘खेल फिफा डेटमा हुन लागेको छ । वरीयतामा असर गर्ने भएर पनि हाम्रो लागि यो जरुरी खेल हो । इज्जतका लागि खेल्छौं ।

‘नतिजा आफ्नो ठाँउमा छ । खेल पक्कैपनि निकै प्रतिस्पर्धात्मक हुने छ । भारतलाई हामीले कहिल्यै सहज लिएका छैनौं । हामीले पनि राम्रो प्रदर्शन गर्दै आएका छौं,’ उनले भने ।

किरण भारतविरुद्ध खेलमा उत्रिए ७३ औं पटक राष्ट्रिय टोलीबाट खेल्नेछन् । उनले यससँगै विराज महर्जनको राष्ट्रिय टोलीबाट सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबर गर्नेछन् । यो उपलब्धि हासिल गर्न पाउँदा निकै खुसी रहेको उनले बताए । ‘ डेब्यु खेलमा नै घाइते भएपछि यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु । देशको लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ उनले भने ।

नेपाल र भारतबीच ६ वर्षपछि पहिलो पटक दशरथ रंगशालामा खेल हुँदैछ । खेल साँझ ५ः३० बजे सुरु हुने बताइएको छ । एन्फाले सिमित दर्शकलाई प्रवेश दिनका लागि सरकारबाट स्वीकृति लिएको बताएको छ । कोरानाविरुद्धका दुवै खोप लगाइसकेका वा सो नभएमा पिसिआर नेगेटिभ आएकालाई मात्र दशरथ रंगशालामा प्रवेश दिने एन्फाले बताएको छ । एन्फाले ५ हजार १ सय दर्शक प्रवेशका लागि सरकारसँग स्वीकृति मागेको जनाएको छ ।

यो पनि : ‘हामी जितको लागि खेल्छौं’ – प्रशिक्षक अलमुताइरी

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.