default_image

3 years ago

September 3, 2021

पूरा भएन एमबाप्पेको रियल जाने सपना

एजेन्सी – फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे अहिले खुसी छैनन् । लामो प्रतीक्षापछि पनि उनी यो सिजन पिएसजीबाट रियल म्याड्रिड सरुवा हुन पाएनन् । उनको चाहना पिएसजी छाडेर रियल जाने थियो । तर रियलको पटक पटकको प्रस्ताव पिएसजीले अस्वीकार गरेको थियो । सरुवा बजार बन्द हुने केहि समय अघि […]

43 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे अहिले खुसी छैनन् । लामो प्रतीक्षापछि पनि उनी यो सिजन पिएसजीबाट रियल म्याड्रिड सरुवा हुन पाएनन् । उनको चाहना पिएसजी छाडेर रियल जाने थियो ।

तर रियलको पटक पटकको प्रस्ताव पिएसजीले अस्वीकार गरेको थियो । सरुवा बजार बन्द हुने केहि समय अघि पनि रियलले पिएसजीलाई प्रस्ताव राखेको थियो । ‘म शान्त छु’, सोमबार विश्व कप छनोटका लागि राष्ट्रिय टोलीका अन्य खेलाडीसँग एमबाप्पेले भनेका थिए । त्यति बेला सम्म पनि पिएसजी र रियलबीच आफ्नो सरुवाको सम्झौता हुने आशा गरेका थिए ।

विश्व कप विजेता एमबाप्पेका लागि रियलले गरेको अन्तिम सम्मको प्रयास सफल हुन सकेन । पिएसजीले छाड्छ भन्नेमा एमबाप्पे विश्वस्त थिए । तर, अन्ततः एमबाप्पे निराश हुन पुगे । उनले सोचे जस्तो भएन ।

आफ्नो सरुवा असम्भव भएको एमबाप्पेले मंगलबार साँझ ८ बजे थाहा पाए । रियलको कुनै पनि प्रस्तावलाई पिएसजीले स्वीकार नगरेको उनले जानकारी पाए । त्यस कारण रियलबाट खेल्ने उनको सपना तत्कालका लागि भने पूरा नहुने भयो ।

आफू यहि सिजन स्पेन जानेमा एमबाप्पे आशावादी थिए । रियलले पनि आफ्नो प्रस्ताव अन्तिम समयमा भए पनि पिएसजीले स्वीकार गर्नेमा आशा राखेको थियो । तर रियल र एमबाप्पेले सोचे जस्तो केहि भएन । अब कम्तीमा एक सिजन एमबाप्पे पिएसजीबाट खेल्नेछन् । उनले आफ्नो फुटबल क्षमता पिएसजीका लागि प्रदर्शन गर्नुपर्नेछ । त्यसको सुरुवात उनले नयाँ सिजनमा पनि गरिसकेका छन् ।

जनवरीमा खुल्ने सरुवा बजारमा भने उनले रियलसँग सम्झौता गर्न सक्नेछन् । रियलले त्यतिबेला भने सम्झौता हुने आशा राखेको छ । अर्को वर्ष पिएसजीसँग उनको सम्झौता सकिने भएपछि जनवरीको सरुवा बजारमा अर्को सिजनका लागि अगाडि नै सम्झौता गर्न सक्नेछन् । कागजी सम्झौता गरेपनि उनी जुनपछि मात्र रियल म्याड्रिडसँग सामेल हुनेछन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.