default_image

3 years ago

September 1, 2021

भारतीय कप्तान सुनिलको नेपाल सम्बन्ध

प्रकाश तिमल्सिना, काठमाडौं भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री जति पटक नेपाल आउँछन् हरेक पटक उनले नेपालसँगको सम्बन्धको बारेमा जवाफ दिनुपर्ने हुन्छ । यसपटक पनि उनले सोहि प्रश्नबाट जोगिन सकेनन् । नेपाल आउँदा भावनात्मक रुपमा कस्तो सोच्नु हुन्छ भन्ने प्रश्नको जवाफमा सुनिलले भने, ‘पहिला त म माफी चाहन्छु । राम्ररी नेपाल बोल्न आउँदैन । बुझ्न […]

107 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री जति पटक नेपाल आउँछन् हरेक पटक उनले नेपालसँगको सम्बन्धको बारेमा जवाफ दिनुपर्ने हुन्छ । यसपटक पनि उनले सोहि प्रश्नबाट जोगिन सकेनन् ।

नेपाल आउँदा भावनात्मक रुपमा कस्तो सोच्नु हुन्छ भन्ने प्रश्नको जवाफमा सुनिलले भने, ‘पहिला त म माफी चाहन्छु । राम्ररी नेपाल बोल्न आउँदैन । बुझ्न चाहिँ राम्ररी बुझ्छु ।’

त्यसपछि उनले नेपालसँगको जोडिएको सम्बन्धका बारेमा सुनाए । ‘मम्मी यहाँबाट हुनुहुन्छ । ड्याडी पट्टीको पनि सबै जना यहिबाट हुनुहुन्छ । मामाहरु काठमाडौं बस्नुहुन्छ । ड्याडी पहिला देखि आर्मीको ब्याकग्राउन्ड भएकाले म भारतमा बसेको हुँ । पुरानो पुस्ताको मान्छे नेपालबाट हुनुहुन्छ ।’

उनले अहिले पनि आफ्ना नातेदारहरु नेपालको विभिन्न ठाँउमा रहेको सुनाए । ‘अहिले पनि परिवारका धेरै सदस्य झापा, काठमाडौं, पोखरमा हुनुहुन्छ । दुर्भाग्य भनौं धेरै भेट हुँदैन । तर पनि फोनमार्फत हामी सम्पर्कमा छौं । सम्भव भयो भने खेलपछि यहाँ हुनेहरुसँग भेट्ने छु । कोभिडका कारण सहज छैन । मामा माइजु भाई बहिनीबाट भेट्छु,’ उनले थपे ।

आफ्नो आमाबाबुकै खेल प्रतिको लगाव र रुचीकै कारण पनि यहाँ सम्म आउन सकेको सुनिलले प्रि म्याच कन्फ्रेन्समा बताए । उनको कप्तानीमा रहेको भारतीय टोली र नेपालबीच दुई मैत्रीपूर्ण खेलको पहिलो खेल बुधबार साँझ दशरथ रंगशालामा हुँदैछ । सुनिलले थपे, ‘मम्मी ड्याडीले खेल्नुहुन्थ्यो । उहाँहरुको इच्छा नभएको भए म यहाँ हुन्न थिएँ । बुबा आर्मीमा भएकोले र विशेषत आमाकै कारण यहाँ छु । संस्करण र अनुशासन जे पनि मम्मीबाट सिकें ।’

सुनिलका मामा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी गणेश पाण्डे हुन् । गणेशका कान्छा भाई प्रसादको निधन हुँदा मामा भान्जाको भेट भएको थियो । त्यसपछि धेरै भेट भएको छैन । ‘हामी यहाँ काठमाडौं बस्छौं । उनी व्यवसायिक खेलमा व्यस्त हुन्छन्’, मामा पाण्डेले भने,‘मसँग भन्दा पछि छोरा छोरीहरुसँग उनको कुरा हुन्छ। हाम्रो पनि भेटमा फुटबलको सामान्य गफ हुन्छ।’

भान्जाको प्रगती देख्दा खुसी लाग्ने पाण्डे बताउँछन्। ‘फुटबलबाट यति माथि पुगेका छन्। खुसी लाग्छ’, भान्जाका बारेमा झापा बाहुनडाँगीका पाण्डेले भने,‘फुटबलमा त्यति ठूलो नाम कमाएका छन् । तर अत्यन्तै साधारण छन् । सबैलाई आदर गर्छन् ।’

पाण्डेका ५ दाजु भाई र २ दिदी बहिनी हुन् । त्यसमा दिदी बहिनी जुम्ल्याहा गंगा र जमुना पाण्डे हुन् । गंगाको नाम शुसिला पाण्डे । सुनिल उनै शुसिलाका छोरा हुन् । जमुना भने नेपालको राष्ट्रिय फुटबल टोलीबाट नै खेलिन् । ‘दुवै बहिनीहरु फुटबल खेल्थे । शुसिला चाहिँ एथलेटिक्समा एकदम राम्रो थिइन् । एसएलसी दिएपछि विवाह भयो । त्यसपछि खेल रोकियो’, जनकपुर चुरोट कारखानाबाट लामो समय घरेलु फुटबल खेलेको पाण्डेले पुराना दिन सम्झिए,‘जमुनाले त राष्ट्रिय टोलीबाट पहिलो पटक हङकङ गएर खेलेकी थिइन् । हामी ५ भाई चाहिँ सबै फुटबल खेल्थ्यौं ।’

पाण्डेको परिवार अहिले कुमारीपाटीमा बस्दै आएको छ । सुनिलको घर पट्टीको हजुरआमा र काकाहरु भने झापाको अर्जुनधारमा बस्दै आएका छन् । सुनिलका बाबु पूर्व भारतीय सेना हुन् । सुनिलको परिवार नयाँ दिल्लीमा बस्दै आएको मामा पाण्डेले जानकारी दिए । उनले भने,‘बहिनीसँग समय समयमा कुरा भइराख्छ । आज मात्रै पनि भएको थियो ।’

सुनिल भारतीय फुटबलका सफल खेलाडी हुन् । ३७ वर्षे सुनिलको कप्तानीमा भारतीय टोलीले सन् २०१३ मा साफ च्याम्पियनसिप नेपालमा खेलेको थियो । त्यति बेला नेपाली टोलीले भारतलाई २–१ ले हराएको थियो । सन् २०१५ को विश्व कप छनोटमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए । सुनिलले अन्तर्राष्ट्रिय फुटबलमा भारतका लागि ७४ गोल गरेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.