default_image

3 years ago

September 2, 2021

इतिहास हेर्दा भारत नेपालविरुद्ध हावी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत विहीबार साँझ ५:३० बजे भारतको सामना गर्दैछ । झन्डै ४ वर्षपछि मैदानमा उत्रन लागेका दक्षिण एसियाली टोलीबीच इतिहास हेर्ने हो भने भारत नै हावी हुँदै आएको छ । नेपाल र भारत हालसम्म १९ पटक आमाने–सामाने भएका छन् । इतिहास हेर्दा नेपालले भारतलाई […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत विहीबार साँझ ५:३० बजे भारतको सामना गर्दैछ । झन्डै ४ वर्षपछि मैदानमा उत्रन लागेका दक्षिण एसियाली टोलीबीच इतिहास हेर्ने हो भने भारत नै हावी हुँदै आएको छ ।

नेपाल र भारत हालसम्म १९ पटक आमाने–सामाने भएका छन् । इतिहास हेर्दा नेपालले भारतलाई जहिल्यै कडा चुनौती दिएपनि नतिजा आफ्नो पक्षमा पार्न सकेको छ । नेपालले १३ खेल भारतलाई सुम्पदा २ खेल मात्रै आफ्नो पक्षमा पारेको छ । पहिओ जित सन् १९९३ मा नेपालले स्वर्ण पदक जित्दा थियो भने दोस्रो सन् २०१३ मा घरेलु मैदानमा साफ च्याम्पियनसिपको बेलामा थियो । ४ खेल बराबरीमा सकिएको छ ।

नेपालले मैत्रीपूर्ण खेलमा भारतलाई हराउन सकेको छैन । जित हासिल गरेको दुई खेल प्रतियोगिताका क्रममा थिए र एकमात्र खेल ९० मिनेटमा जितेको थियो । सन् १९९३ को खेल टाइब्रेकरमा नेपालले जितेको थियो । सन् २०१३ मा भने जुमानु राइ र अनिल गुरुङको गोलमा नेपाल २-१ ले विजयी भएको थियो ।

नेपाल र भारतबीच हेड टु हेड :

खेल : १९, नेपाल विजयी -२, नेपाल बराबर -४, नेपाल हार – १३

२० डिसेम्वर १९८५ साफ गेम्स (०–०)

२१ डिसेम्वर १९८५ साफ गेम्स (२–०)

३० नोभेम्वर १९८७ साफ गेम्स (१–०)

२६ अक्टोवर १९८९ साफ गेम्स (२–१)

२१ जुलाई १९९३ साफ च्याम्पियनसिप (१–०)

१८ डिसेम्वर १९९३ साफ गेम्स (२–२) पेनाल्टी नेपाल विजयी

५ डिसेम्वर १९९८ एसियन गेम्स (०–१)

३० सेप्टेम्वर १९९ साफ च्याम्यिनसिप (०–४)

८ डिसेम्वर २००५ साफ च्याम्पियनसिप (२–१)

३ जुन २००८ साफ च्याम्पियनसिप (४–०)

७ डिसेम्वर २००९ साफ च्याम्पियनसिप (१–०)

२८ अगस्ट २०१२ मैत्रीपुर्ण (०–०)

५ सेप्टेम्वर २०१३ (२–१) साफ च्याम्पियनसिप (नेपाल विजयी)

१९ नोेभेम्वर २०१३ मैत्रीपुर्ण (२–०)

१२ मार्च २०१५ फिफा विश्वकप (२–०)

१७ मार्च २०१५ फिफा विश्वक (०–०)

२७ डिसेम्वर २०१५ साफ च्याम्पियनसिप (४–१)

६ जुन २०१७ मैत्रीपुर्ण (२–०)

यो पनि : नेपाल विरुद्ध भारत : युवा जोशको परिक्षा

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.